birat ribon

आन्दोलनरत नेताहरूलाई जेल हाल्ने कुरा हल्ला मात्र हो : परशुराम बस्नेत (भिडियो संवाद)

Neuro
आन्दोलनरत नेताहरूलाई जेल हाल्ने कुरा हल्ला मात्र हो : परशुराम बस्नेत (भिडियो संवाद)

विराटनगर / युवा सङ्घ नेपालका पूर्वउपाध्यक्ष परशुराम बस्नेतले शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतका नेतालाई वर्तमान सरकारले जेल हाल्ने कुरा हल्ला मात्र भएको बताएका छन् । ‘यो हल्ला मात्र हो,’ उनले भने, ‘जनतालाई भ्रमित पार्नका लागि यस्ता हल्ला फैलाइएको हो ।’ उनले थपे, ‘यदि जेल जानेखालको अपराध कसैले गरे छ भने जो भए पनि ऊ जेलको भागी बन्नुपर्छ ।’

उनले नेपाली युवाहरूलाई राष्ट्र निर्माणको काममा लाग्न आग्रह गरे । विभिन्न समयमा युवाहरुले आन्दोलनका लागि रगत र पसिना बगाएको स्मरण गर्दै उनले हामीले चाहेका उपलब्धि प्राप्त भइसकेकाले अबको समय विकास र समृद्धिका लागि युवाहरु जुट्नुुपर्ने उनले बताए । ‘आन्दोलनका समयमा हिजो युवाले रगत पसिना बगाएर आन्दोलन गरे,’ बस्नेतले भने, ‘अब प्राप्त उलब्धिको रक्षा गर्दै राष्ट्रिय एकता, समृद्धि र विकासमा प्रतिबद्ध भएर लाग्नुपर्छ ।’

cura insider

jackson ribon