birat ribon

च्याम्पियन्स लिग : एथ्लेटिको र चेल्सी प्रतिस्पर्धामा

Neuro
च्याम्पियन्स लिग : एथ्लेटिको र चेल्सी प्रतिस्पर्धामा

विराटनगर / युरोपियन च्याम्पियन्स लिगमा आज इङ्ग्लिस क्लब चेल्सीले स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगअन्तर्गतको यो खेल नेपाली समयानुसार राति १ः४५ बजे सुरु हुनेछ ।

Padelux insider
cura insider

रोमानियाको नेसनल एरिनामा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै क्वार्टरफाइनको बाटो बलियो बनाउने दाउमा छन् । चेल्सीले प्रिमियर लिगमा चेल्सीले मध्यम प्रदर्शन गरिरहेको छ भने एथ्लेटिकोले ला लिगामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

यी दुईले २–२ पटक एकर्कामाथि जित निकालेका छन् भने तीन खेलमा बराबरी खेलेका छन् ।
यस खेलमा चेल्सीका डिफेन्डर थियागो सिल्भा हुनेछैनन् । चोटको कारण उनी यस खेलमा हुनेछैनन् । तर, काइ हार्भर्ट्ज र क्रिस्टियन पुलिसिचले खेल्ने सम्भावना छ ।

यता, एथ्लेटिकोका जोसे जिमिनेज, यानिक कारस्को र हेक्टर हरेरा टोलीमा हुनेछैनन् । तथापि, एथ्लेटिकोलाई लुइस स्वारेज र जाओ फेलिक्सको दरिलो साथ रहनेछ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: