birat ribon

कति निद्रा चाहिन्छ भनेर थाहा पाउने तरिका

Neuro
कति निद्रा चाहिन्छ भनेर थाहा पाउने तरिका

विराटनगर / प्रत्येक व्यक्तिका लागि रातिको समयमा सातदेखि आठ घण्टा निद्रा महत्वपूर्ण हुन्छ भनिएको छ ।

Padelux insider
cura insider

पर्याप्त निद्राले शरीरको सम्पूर्ण भागको मर्मत गर्न र अर्को दिनका लागि तयार गर्छ । तर, कतिलाई सातदेखि आठ घण्टाको निद्राले पनि दिनभरि अल्छी महसुस हुनसक्छ । केही व्यक्तिलाई आठ घण्टाभन्दा बढी निद्राको आवश्यक पर्छ भने कोही छ घण्टा निदाउँदा पनि पुग्ने हुन सक्छ । त्यसो भए एक व्यक्तिले कति निदाउनु पर्छ त ?

यस प्रश्नको कुनै उत्तर छैन । यो हरेक व्यक्तिमा फरक हुन्छ । अध्ययनका अनुसार सुत्ने समय र निद्रामा हुने समस्या वंशाणुगत हुने सुझाव दिन्छ । एक मानिसको डिएनएको आधारमा छ घण्टा निदाएर उठेपछि पनि आराम महसुस गर्न सक्छ भने कसैलाई नौ घण्टा आराम गर्न आवश्यक पर्न सक्छ । यसबाहेक केही बाहिरी कारकले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् ।

बाहिरी वातावरण र तापक्रमले पनि निद्राको आवश्यकतालाई पनि परिवर्तन गर्न सक्छ । सूर्यास्त र सूर्योदय समयमा परिवर्तन भएका कारणले मेलाटोनिन स्तरमा परिवर्तन ल्याउँछ जसले सुत्ने समयअगाडि नै निद्रा लाग्न महसुस हुन्छ । कुनै क्षेत्रमा ढिलो घाम अस्ताउँछ भने राती अबेरसम्म निद्रा नलाग्न सक्छ । त्यस्तै, जाडोमा रात लामो हुने र दिनभरि घाम कम पाउने हुँदा थकित महसुस हुन्छ । अन्ततः लामो समयसम्म निद्रा लाग्ने हुन्छ ।

महिनावारी भएको समयमा वा महिनावारी हुने समयमा एक महिलाको शरीर धेरै आन्तरिक परिवर्तन हुन्छ । दुखाइ, मुडमा परिवर्तन र थकानले प्रायः निदाउन वा निदाइरहन गाह्रो बनाउँछ । यस समयमा महिलालाई स्वास्थ्यलाभ हुन सामान्यभन्दा बढी निद्रा चाहिन सक्छ । महिनावारीको समयपछि आफैँ निद्राको समय घट्ने बताइएको छ ।

शरीर स्वस्थ हुँदा थोरै आराम भए पनि पुग्ने हुन्छ । तर, शरीर स्वस्थ नहुँदा निदाउने र उठ्ने समय स्वचालित रूपमा त्यसअनुसार परिवर्तन हुन्छ । निद्राले छिटो निको पार्न मद्दत गर्छ र कुनै सङ्क्रमणविरुद्ध लड्नका लागि अधिक निद्रा चाहिन्छ । अत्यधिक निद्रा लाग्नु पनि शरीरमा कुनै स्वास्थ्य समस्या भएको सङ्केत हुनसक्छ ।

हरेक मानिस एकअर्काभन्दा फरक हुन्छन् । सबैको दैनिक बानी, खानपान, व्यायाम, स्वास्थ्य, काम वा काम गर्ने तालिका फरक हुन्छ । यसले पनि कति निद्रा चाहिन्छ भनेर निर्धारण गर्न सकिन्छ । ब्युँझदा कस्तो महसुस हुन्छ, यो एक मानिसलाई कति निद्रा चाहिन्छ भनेर निर्धारण गर्ने उत्तम तरिका हो । छ घण्टा सुतेपछि ऊर्जावान महसुस हुन्छ भने यो राम्रो सङ्केत हो, अन्यथा आफ्नो सुत्ने समय बढाउनु आवश्यक हुन्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: