विराटनगर । चर्चित हिन्दु धर्मशास्त्र रामायणमा आधारित टेलिशृङ्खला नेपाली भाषामा प्रस्तुत गरिने भएको छ । ग्यालेक्सी टेलिभिजनले रामायण नेपालीमा अनुवाद गर्न लागेको हो ।
रवि लामिछाने र उनको टिमले सञ्चालन गरेको टेलिभिजनले केही समयपछि रामायण सञ्चालन गर्ने तयारी गरेको छ । ग्यालेक्सी फोर के टेलिभिजन मङ्गलबारबाट घोषणा गरिएको छ । साे टेलिभिजनले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने घाेषणा गरेकाे छ ।