birat ribon

कोभिड सङ्क्रमणबाट निको भएपछिका समस्या

Neuro
कोभिड सङ्क्रमणबाट निको भएपछिका समस्या

विराटनगर / थकान, गन्धको भावना हराउने र छातीको दुखाइ कोरोना भाइरसको सङ्क्रमणबाट निको भएपछिका महिनामा देखिरहने केही दीर्घ प्रभाव हुन् ।

Padelux insider
cura insider

तर, नयाँ वैज्ञानिक अध्ययनअनुसार कोभिडको सङ्क्रमणबाट बचेका लगभग एक चौथाइ मानिसले कपाल झर्ने समस्याको सामना पनि गर्नुपर्ने हुन्छ । द लान्सेटमा प्रकाशित उक्त अध्ययनले चीनको बुहानमा १६ सय ५५ बिरामीमध्ये तीन सय ५९ अर्थात् २२ प्रतिशत बिरामीले रोगबाट मुक्त भई डिस्चार्ज भएको ६ महिनापछि पनि कपाल झर्ने समस्या भोग्नुपरेको पत्ता लगाएको छ ।

छाला तथा कपाल विशेषज्ञका अनुसार कपाल झर्नु सङ्क्रामक रोगजस्ता तनावपूर्ण समस्याका लागि सामान्य शारीरिक प्रतिक्रिया हो र यो अस्थायी हुन्छ । तर, कोभिडको सङ्क्रमणलाई एलोपेसियासँग जोडिएको छ जसले अपरिवर्तनीयरूपमा कपाल झर्ने समस्या निम्त्याउन सक्छ ।

कोभिडको सङ्क्रमणबाट निको भएकामा ६ महिनापछि विभिन्न जाँच गर्दा तथा प्रश्न सोध्दा थकान, कमजोरी, सुत्न समस्या, डिप्रेसनसहित कपाल झर्ने समस्या पनि धेरै देखिएको पाइएको हो । कोभिडको कारणले कपाल झर्नु टेलोजेन एफ्लुभियम (टिई) को कारणले हुनेगर्छ, जसले कपालको वृद्धि चक्रमा गडबडी निम्त्याउनेगर्छ ।
लामो समयसम्मको ज्वरो वा कुनै पनि रोगका कारण कपालको वृद्धि चक्रमा गडबडी हुनेगर्छ । अधिकांश मानिसले कुनै रोग, तनाब वा ज्वरो अनुभव गरेको दुईदेखि तीन महिनामा अत्यधिक कपाल झरेको महसुस गर्न थाल्छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: