birat ribon

प्रधानमन्त्रीमा ओलीलाई विश्वास गर्नु गल्ती भयाे : मण्डल (भिडियाे संवाद)

Neuro
प्रधानमन्त्रीमा ओलीलाई विश्वास गर्नु गल्ती भयाे  : मण्डल (भिडियाे संवाद)

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्रीकाे रूपमा केपी शर्मा ओलीलाई विश्वास गर्नु नै गलत भएको नेकपा प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य शिवकुमार मण्डलले बताएका छन् ।

कोसी अनलाइनको कोसी सम्वाद कार्यक्रममा उनले नेकपाले ओलीलाई दलको नेता स्वीकार गर्नु नै गलत भएको बताएका हुन् ।

cura insider

पार्टी सिद्धान्त विपरित चलेका ओलीले देशलाई अस्थिरता तर्फ लगेको उनले बताए । जनताले स्थायित्व चाहेपनि प्रधानमन्त्री ओलीले जवरजस्ती संसद् भङ्ग गरेपछि जनता पून सडकमा आउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । संसद् विघटनकाे मुद्दा अदालतमा रहेकाले अदालतले संविधानलाई बचाउनु पर्ने उनले बताए ।

पार्टीको आधिकारिकता प्रचण्ड–माधव समूहले पाउने उनकाे भनाई छ । पार्टी केन्द्रीय कमिटिको दुई तिहाई बढी सदस्य रहेको पक्षले आधिकारिकता पाउने दाबी गरे ।

मण्डलसँगको बार्ता भिडियो लिङ्कमा

jackson ribon