birat ribon

के हो प्यानिक डिसअर्डर ?

Neuro
के हो प्यानिक डिसअर्डर ?

विराटनगर / शरीरले कुनै खतराको महसुस गर्दा गम्भीर शारीरिक प्रतिक्रिया देखाउने गर्छ ।

Padelux insider
cura insider

अत्यधिक डरका कारण मानिसलाई प्यानिक अट्याक हुने गर्छ । प्यानिक अट्याक निकै डरलाग्दो हुनसक्छ । प्यानिक अट्याक भएको बेलामा मानिसले आफ्नो नियन्त्रण गुमाउने, हार्ट अट्याक भएको वा मर्न लागेको भन्ने सोच्न आउन सक्छ । अधिकांश व्यक्तिले आफ्नो जीवनकालमा एक वा दुई पटक प्यानिक अट्याक भएको मसहुस गरेका हुन्छन् । तनावपूर्ण स्थिति समाप्त हुँदा समस्या पनि हट्छ ।

तर, बारम्बार, अप्रत्यासित प्यानिक अट्याक हुने वा अर्को प्यानिक अट्याक हुनसक्ने डरमा लामो समय खर्च हुन्छ भने उक्त मानिसलाई प्यानिक डिसअर्डर भएको हुनसक्छ । जुन एक प्रकारको मानसिक समस्या हो । प्यानिक अट्याक जहाँ पनि तथा जहिले पनि हुनसक्छ । प्यानिक अट्याक हुने समस्या भएका व्यक्तिमा विनाकारण निरन्तर डर रहिरहन्छ ।

विनाकारण डराउने र आत्तिने समस्या भएका व्यक्तिमा एक्कासि मुटुको धड्कन तेज हुने, श्वासको गति बढ्ने, श्वास रोकिएजस्तो हुने, घाँटीमा केही अड्किएजस्तो हुने, शरीर या हातखुट्टा काँप्ने वा झमझम भएको महसुस हुने, चिटचिट पसिना आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, छाती दुख्ने, टाउको दुख्ने, बेहोस हुन लागेकोजस्तो महसुस हुने, मर्न आँटेकोजस्तो सोच आउने, आफ्नो नियन्त्रण गुमाउनेलगायत लक्षण देखिन्छन् ।

प्यानिक अट्याक भएको केही समयपछि आफैँ सामान्य भएर जान्छ । तर, पुनः अट्याक आउँछ भनेर डर सधैँ मनमा रहिरहन्छ । साथै, शरीरमा देखिने असरका कारण आफूमा शारीरिक समस्या भएको भ्रम रहने गर्छ । जस्तै, मुटुको कम्पनजस्ता लक्षण देखिएमा मुटुसम्बन्धी गम्भीर रोग भएको शङ्का हुन्छ । समस्याको सही पहिचान नहुँदा व्यक्तिमा थप तनाव थपिने सम्भावना रहन्छ ।

अत्यधिक तनाबबाहेक कोही नजिकको व्यक्तिको मृत्यु, परिवारिक इतिहास, यौन दुर्व्यवहार वा गम्भीर दुर्घटना, केही नराम्रो घटना, अत्यधिक धुम्रपान वा क्याफिनको सेवनका कारण पनि प्यानिक अट्याकको जोखिम रहन्छ । हेर्दा सामान्य भए पनि कतिपय व्यक्तिमा यो समस्या कडा रूपमा प्रस्तुत भएको पाइन्छ । जसले गर्दा दैनिक क्रियाकलापमा समेत असर परिरहेको हुन्छ ।

समयमै उपचार नहुँदा समस्या बल्झिएर जान्छ, विभिन्न कुरा वा ठाउँसँग सम्बन्धित डर बढेर जान्छ । प्यानिक अट्याकका कारणले डिप्रेसन, एन्जाइटी वा अन्य मानसिक समस्या हुने जोखिम पनि बढ्छ । डाक्टरको परामर्श लिएर उपचारका माध्यमबाट प्यानिक डिसअर्डरको समस्यालाई पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सकिन्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: