birat ribon

सुरुको चरणमा क्यान्सर पत्ता लागे पूर्ण रुपमा निको हुने

Neuro
सुरुको चरणमा क्यान्सर पत्ता लागे पूर्ण रुपमा निको हुने

विराटनगर / शरीरमा हजारौँको सङ्ख्यामा कोष हुन्छन् ।

Padelux insider
cura insider

शरीरको विकासको क्रममा कोषिकाहरू अनियन्त्रित रुपमा बढेर शरीरका अन्य भागमा सर्दै फैलिने क्रमलाई क्यान्सर भनिन्छ । रगतसम्बन्धी क्यान्सर र रगतबाहेकका शरीरमा हुने अन्य अङ्गमा हुने क्यान्सर गरी क्यान्सरलाई सामान्यता दुई प्रकारले बुझ्न सकिन्छ । रक्त क्यान्सरका साथै, फोक्सो, आन्द्रा, मुख, स्तन तथा महिलाहरूमा पाठेघरको क्यान्सर शरीरमा देखिने क्यान्सर हुन् ।

क्यान्सर जुनसुकै उमेर समूहका मानिसलाई हुनसक्छ । बच्चाहरूमा प्राय रगतसम्बन्धी क्यान्सर हुनेगर्छ । उमेर बढ्दै गएसँगै कलेजो, आन्द्रा तथा बोसेआन्द्रा सम्बन्धित क्यान्सर हुने जोखिम धेरै हुनसक्छ । त्यस्तै, प्राय महिलामा महिनावारी रोकिने समयमा वा रोकिसकेपछि पाठेघरसम्बन्धी क्यान्सर हुने सम्भावना अधिक हुन्छ ।

वंशाणुगत, सङ्क्रमण, रेडिएसन, लामो समय कुनै औषधिको सेवन, चुरोट रक्सी तथा लागुपदार्थको सेवन, लामो समयसम्म किटाणुनाशकको सम्पर्कमा रहँदा वा खराब जीवनशैलीका कारण पनि क्यान्सर हुनसक्छ । क्यान्सर विभिन्न कारणले हुने हुँदा यसको मुख्य कारण पत्ता लगाउन निकै गाह्रो हुनसक्छ ।

लामो समयदेखि दुब्लाउँदै गएमा, खाना नरुच्ने, लामो समय ज्वरो आइरहेमा, शरीरमा कुनै ठाउँमा मासुको डल्ला विकास हुन थालेमा, रगतसम्बन्धी कुनै रोग देखापरेमा, महिनावारीमा गडबडी हुने, अत्यधिक रक्तश्राव हुनेजस्ता लक्षण देखिएमा क्यान्सरको शङ्का गर्न सकिन्छ । यस्ता लक्षण देखिएमा जाँच गराउन जरुरी हुन्छ ।

क्यान्सर हो वा हुनसक्ने शङ्का लागेमा बायोप्सी, रगत तथा बोनम्यारो जाँच गरिन्छ । सुरुवाती चरणमा रोग पत्ता लगाउन सकिए पूर्णरुपमा क्यान्सरबाट निको हुन सकिन्छ । अन्तिम चरणमा क्यान्सर पत्ता लगेमा पूरै निको नभए पनि क्यान्सरलाई शरीरका अन्य भागमा फैलिन नदिन केही हदसम्म नियन्त्रण गर्न सकिन्छ ।

क्यान्सरको प्रकार र यो शरीरमा कत्तिसम्म फैलिएको छ, त्यसको आधारमा शल्यक्रिया, रेडिएसन वा केमोथेरापी विधिबाट बिरामीको उपचार गरिन्छ । यसबाहेक क्यान्सरलाई इम्युनोथेरापी, बायोलोजिक थेरापी तथा हर्मोनल थेरापीबाट पनि उपचार गर्न सकिन्छ ।

क्यान्सर लागेर समयमा उपचार गरी पूर्ण रुपमा निको भएमा बिरामीको आयु सामान्य मानिसजस्तो हुन्छ । तर, एड्भान्ड स्टेजमा पुगेको क्यान्सरको बिरामीको आयु पाँच वर्षभन्दा कम वा बढी पनि हुनसक्छ । त्यस्तै, एकपटक निको भएपछि पुनः क्यान्सर लाग्ने सम्भावना निकै कम छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: