birat ribon

आजदेखि ‘बी’ डिभिजन लिग सुरु

Neuro
आजदेखि ‘बी’ डिभिजन लिग सुरु

काठमाडौँ / सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि सुरु हुने भएका छन् ।

Padelux insider
cura insider

कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैत ५ गते ‘बी’ डिभिजन लिग स्थगन भएको थियो । लिगमा आज दुई खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एसोसिएसन र नयाँ बस्ती युवा क्लबबीच तथा दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच हुनेछ । पहिलो खेल १२ः१५ बजे तथा दोस्रो खेल दिउँसो ३ः३० बजे हुने एन्फाले जनाएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: