birat ribon

ट्रम्पले राखेका थिए किमसँग अस्वभाविक प्रस्ताव

Neuro
ट्रम्पले राखेका थिए किमसँग अस्वभाविक प्रस्ताव

विराटनगर / अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनसँग एउटा अस्वभाविक प्रस्ताव राखेको खुलेको छ ।

Padelux insider
cura insider

सन् २०१९ मा भियतनामको राजधानी हनोईमा भएको एक शिखर वार्ताको दौरानमा राखिएको अस्वभाविक प्रस्तावको तथ्य अहिले आएर बाहिरिएको हो । ट्रम्पले किमलाई अमेरिकी एयर फोर्स अन विमानमा राखेर घरसम्म छोडिदिने प्रस्ताव राखेको खुलासा भएको हो । ट्रम्पको राष्ट्रिय सुरक्षा परिषद्का एसियाली मामिलासम्बन्धी प्रमुख विशेषज्ञ म्याथ्यु पोटिन्जरले यस विषयलाई बाहिर ल्याएको बीबीसीले जनाएको छ ।

सो वार्ताको दौरानमा दुवै नेता उत्तर कोरियाको पारमाणविक हात हतियार विकास कार्यक्रम रोक्ने विषयमा सहमतिमा पुग्न नसक्दा पनि ट्रम्पले यत्रो हार्दिक प्रस्ताव राख्नु अझै अस्वाभाविक रहेको विश्लेषकहरूको भनाइ रहेको छ । त्यतिबेला किमले पहिला उत्तर कोरियामाथि लगाइँदै आएको नाकाबन्दी केही हदसम्म फुकुवा गर्न राखेको प्रस्ताव ट्रम्पले अस्वीकार गरेकाले वार्ता असफल भएको थियो ।

ट्रम्पले किमलाई चढ्न प्रस्ताव राखेको अमेरिकी वायु सेनाको सो विमान विश्वकै सबैभन्दा सुरक्षित विमान मानिन्छ । तर, किमले ट्रम्पको विमानमा लिफ्ट दिने प्रस्तावलाई अस्वीकार गरेका थिए । ट्रम्पको यस्तो आकस्मिक र अस्वाभाविक प्रस्ताव सुनेर साथमा रहेका ट्रम्पका सहयोगीहरू सबै छक्क परेको पोटिन्जरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पोटिन्जरले बीबीसीलाई भनेका छन्, ‘राष्ट्रपति ट्रम्पलाई किम थुप्रै दिन लगाएर चीन हुँदै ट्रेन यात्राबाट हनोई आइपुगेको कुरा थाहा थियो । त्यसैले, ट्रम्पले किमलाई यदि उनले चाहेको खण्डमा उनलाई दुई घन्टाभित्रै घर पु¥याइदिने प्रस्ताव राखेका थिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: