birat ribon

कङ्गोमा इटालीका राजदूतको हत्या

Neuro
कङ्गोमा इटालीका राजदूतको हत्या

विराटनगर / कङ्गोमा इटालीका राजदूत लुका अट्टानासिओको हत्या भएको छ । उनी कङ्गोका लागि इटालीबाट राजदूत थिए ।

Padelux insider
cura insider

देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)का सुरक्षा दलमाथि आक्रमण भएका वेला उनको हत्या भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । पार्कका अधिकारीहरूले दिएको जानकारीअनुसार आक्रमणमा राजदूतसँगै उनका अङ्ग रक्षक, चालक र अरु केही व्यक्तिको पनि मृत्यु भएको छ ।

सुरक्षा दलका अरु केही घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । कङ्गोमा आफ्ना राजदूतको हत्या भएको इटालीले पनि पुष्टि गरेको छ । घटनाका बारेमा थप विवरण सङ्कलन गर्ने क्रम चलिरहेको कङ्गोमा अधिकारीहरूको भनाइ छ ।

यस घटनालाई लिएर कङ्गो र इटालीबीच द्धन्द्ध बढ्नसक्ने अनुमान गरिएको छ । यद्यपी कङ्गोका अधिकारीहरुले घटनो निश्पक्ष र स्वतन्त्र छानबिन गरेर घटनाको वास्तविकता बाहिर ल्याउने प्रतिवद्धता जनाइसकेका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: