विराटनगर / स्पेनिस ला लिगामा सेभिल्लाले ओसासुनालाई उसैको मैदानमा २–० गोलले हराएको छ । सोमबार राति भएको उक्त खेलमा सेभिल्लालाई जिताउन डिएगो कार्लोस र लुक डी योङले समान एक–एक गोल गरे ।
खेलको १९औँ मिनेटमा कार्लोसले गोल गर्दै पाहुना टोलीलाई सुरुआती अग्रता दिलाए । खेलको ४९औँ मिनेटमा डी योङले गोल गरेपछि सेभिल्ला २–० गोलले विजयी भयो ।
यस जितसँगै सेभिल्लाले अङ्कतालिकामा बार्सिलोनालाई उछिन्यो । २३ खेलमा ४८ अङ्क जोडेको सेभिल्ला बार्सिलोनालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ ।
समान खेल खेलेको बार्सिलोना ४७ अङ्कका साथ चौथो स्थानमा झरेको छ । पराजित ओसासुना भने २५ अङ्कका साथ १३औँ स्थानमा छ । उसले २४ खेल खेलेको छ ।