birat ribon

विश्वमा सक्रिय सङ्क्रमित दुई करोड २० लाखभन्दा धेरै

Neuro
विश्वमा सक्रिय सङ्क्रमित दुई करोड २० लाखभन्दा धेरै

विराटनगर / महामारीको रुप लिएको कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या विश्वमा हालसम्म दुई करोड २० लाखभन्दा धेरै रहेको छ ।

११ करोड २२ लाखभन्दा धेरैलाई सङ्क्रमण पुष्टि भएकोमा आठ करोड ७७ लाखभन्दा बढीको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । आज (मंगलबार) बिहानसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई करोड २० लाख २० हजार पाँच सय ८४ रहेको छ ।

cura insider

सक्रिय सङ्क्रमितको उपचार जारी छ । उपचाररतमध्ये ९३ हजार पाँच सय ७२ जनाको अवस्था चिन्ताजनक छ । विश्वमा स्वास्थ्य अवस्था नाजुक भएका सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ । यसअघिसम्म एक लाख बढी सङ्क्रमितको अवस्था चिन्ताजनक थियो ।

विश्वमा हालसम्म ११ करोड २२ लाख ३९ हजार तीन सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये आठ करोड ७७ लाख ३४ हजार दुई सय ७९ जना उपचारपछि निको हुँदै डिस्चार्ज भइसकेका छन् । पछिल्लो २४ घण्टामा दुई लाख ७० हजार आठ सय २९ जना नयाँ बिरामी थपिए ।

कोरोनाका कारण विश्वमा हालसम्म २४ लाख ८४ हजार चार सय ३८ जनाको ज्यान गइसकेको छ । एकै दिन छ हजार एक सय ४६ कोरोना सङ्क्रमितको मृत्यु भयो । कोरोनाका नयाँ बिरामी थपिने र ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या पनि विश्वमा क्रमस घट्दै गइरहेको वाल्डो मिटरले जनाएको छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा ९२ लाख २० हजार आठ सय नौ जना सक्रिय सङ्क्रमित रहेका छन् । उपचाररत सक्रिय सङ्क्रमितमध्ये १६ हजार नौ सय नौ जनाको अवस्था गम्भीर छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ५१ हजार पाँच सय ५२ नयाँ सङ्क्रमित थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड ८८ लाख १८ हजार छ सय दुई पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ९० लाख ८५ हजार तीन सय ४७ जना उपचारपछि निको भएका छन् । अमेरिकामा एकै दिन एक हजार दुई सय २९ सङ्क्रमितले ज्यान गुमाए । हालसम्म कोरोनाका कारण मृत्यु हुने सङ्ख्या पाँच लाख १२ हजार चार सय ४६ पुगेको छ ।

छिमेकी मुलुक भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ४८ हजार आठ सय ८२ रहेको छ । उपचाररत सक्रिय सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको स्वास्थ्य अवस्था नाजुक छ । हालसम्म भारतमा एक करोड १० लाख १५ हजार आठ सय ६३ जनामा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार सात सय ९२ नयाँ बिरामी थपिए ।

जम्मा सङ्क्रमितमध्ये एक करोड सात लाख १० हजार चार सय ८३ जना उपचारपछि निको भएका छन् । एकै दिन ८० जनाको मृत्यु भएपछि हालसम्म ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या एक लाख ५६ हजार चार सय ९८ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा आठ लाख ११ हजार ४० जना सक्रिय सङ्क्रमित रहेका छन् । आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा २९ हजार तीन सय ५७ नयाँ बिरामी थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या एक करोड एक लाख ९७ हजार पाँच सय ३१ पुगेको छ ।

९१ लाख ३९ हजार दुई सय १५ जना सङ्क्रमित उपचारपछि निको भएका छन् । एकै दिन सात सय १६ सङ्क्रमितको ज्यान गयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या दुई लाख ४७ हजार दुई सय ७६ पुगेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

jackson ribon