विराटनगर । स्पेनिस क्लब बार्सिलोनाको नयाँ अध्यक्षका लागि तीन जना उम्मेद्वार छन् । बार्सिलोनाको भावी अध्यक्षका लागि जोन लापर्टा, भिक्टर फन्ट र टोनी फ्रेक्साले दाबेदारी प्रस्तुत गरेका हुन् ।
अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका तीन जनाले नै स्टार खेलाडी लियोनल मेस्सीलाई क्लबबाट बाहिर जान नदिने योजना बनाएका छन् । पछिल्लाे समय मेस्सीले क्लब छाड्न लागेकाे चर्चा चलिरहेकाे छ । तर अध्यक्षका दाबेदारहरूले मेस्सीलाई बार्सिलाेनामा नै रहने बातावरण बनाउने उल्लेख गरेका छन् ।
बार्सिलोनाको भावी अध्यक्षका लागि दाबेदारी प्रस्तुत गरेका तीन जनाले बिबिसिसँगको अन्तरवार्तामा मेस्सीलाई आफ्नो प्राथमिकतामा राख्ने बताएका थिए ।
अन्तरवार्तामा लियोनेल मेस्सीको अनुबन्ध र क्लबमा देखिएको आर्थिक समस्या सामधानका लागि आफ्नो समय छुट्याउने उनीहरुले बताएका छन् ।