काठमाडौँ / क्लासिक टेकले १००औं आउटलेट कलङ्कीमा बिस्तार गरेको छ । कम्पनीले कलङ्की, छाउनी, रामकोट, स्वयम्भु, चन्द्रागिरि क्षेत्र, थानकोटलगायतका ठाउँहरूमा आफ्नो सेवा दिइरहेको छ । सो स्थानका भित्री भागमा पनि सुविधा बढाउने उद्देश्यले आउटलेट विस्तार गरेको हो ।
कलङ्कीको नयाँ आउटलेट कम्पनीको १००औँ आउटलेट रहेको कम्पनीले जनाएको छ । आउटलेटमा २५ जना जनशक्ति छन् ।
क्लासिक टेक १२ वर्ष प्रवेश गर्दा ४९ वटा आउटलेट थियो । कोरोना महामारी नियन्त्रणका लागि लकडाउन घोषणा भएयता ५१ वटा आउटलेट विस्तार गरेको हो ।
नेपालको ठूलो नेटवर्क सेवा प्रदायक कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट गर्न छिटो र छरितो बनाउनका लागि आउटलेट स्थापना गरेको जनाएको छ ।
कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेट र बैंकहरूलाई इन्टरनेट र इन्ट्रानेट सेवाहरू दिँदै आइरहेको छ । फागुनमा नेपालगञ्ज, दमक र बिर्तामोडमा आउटलेट खोल्ने तयारी रहेको कम्पनीका प्रमुख सेल्स एन्ड मार्केटिङ अफिसर बिनयकुमार अधिकारीले जानकारी दिए ।