birat ribon

तीतो स्वादका पाँच आहारा जरुरी

Neuro
तीतो स्वादका पाँच आहारा जरुरी

विराटनगर / स्वादिष्ट, गुलियो खाना खाने चाहना भएको कारण धेरैजसो समय तीतो स्वाद दिने खाना सधैँ छोडिन्छ । तर, केही तीतो स्वाद भएका खानामा अविश्वसनीय रूपले पौष्टिक तत्त्वहरू हुन्छन् जसले स्वास्थ्यलाई सुधार गर्नुका साथै धेरै रोगहरूबाट बचाउन सक्छ ।

Padelux insider
cura insider

कडा स्वाद वा तीतो खानाले र्‍याल र पेटमा एसिड उत्पादन बढाउँछ । खानामा यी खाद्यपदार्थ समावेश गरे पाचन प्रणाली उत्तेजित गर्न र खानाबाट पोषक तत्त्व अवशोषण सुधार गर्न सकिन्छ । यी खानाले पेटको समस्या र सुन्निने समस्यालाई रोक्न सक्छन् । साथै, शरीरको मेटाबोलिजमलाई बढावा दिन तल दिएका पाँच तीतो स्वादका खानालाई आहारमा समावेश गर्न जरुरी हुन्छ ।

तीतो करेला : तीतो करेला अधिकांशको सबैभन्दा मन नपर्ने तरकारीको सूचीमा पर्छ । तर, ट्राइटरपेनोइड्स, पोलिफेनोल र फ्लाभोनोइडजस्ता स्वस्थ फाइटोकेमिकलले भरिएको करेलाको सेवनले क्यान्सरयुक्त कोशिकाहरूको वृद्धिलाई कम गर्छ । टाइप २ मधुमेहबाट पीडितलाई रगतमा चिनीको मात्रा कम गर्न यो एक प्राकृतिक औषधि पनि हो । यसमा रहेको एन्टिअक्सिडेन्टले फ्रि रेडिकलको कारण हुने सेल क्षति रोक्न पनि मद्दत गर्छ ।

क्रुसिफेरस तरकारी : हरियो सागसब्जी हुने क्रुसिफेरस तरकारी पनि तीतो खानाअन्तर्गत पर्छन् । क्रुसिफेरस परिवारमा ब्रोकाउली, बन्दाकोबी, मुला, पालुङ्गोलगायतका तरकारी समावेश छन् । यिनीहरूमा हुने ग्लुकोसिनोलाइट्स भनिने तत्त्वका कारण कडा स्वाद हुन्छ जुन स्वास्थ्यलाभका लागि जिम्मेवार हुन्छ । अध्ययनका अनुसार क्रुसिफेरस तरकारीको सेवन गर्नाले क्यान्सरको जोखिम कम हुन्छ ।

डार्क चकलेट : डार्क चकलेट अन्य चकलेटको तुलनामा तीतो हुने हँुदा धेरैलाई डार्क चकलेट मन पर्दैन । डार्क चकलेटमा कोकोको मात्रा उच्च हुन्छ । कोको, पोलिफेनोल र यसमा रहेको एन्टिअक्सिडेन्ट कारण यसको स्वाद तीतो हुनेगर्छ । जसले रक्त नलीहरूलाई फराकिलो पार्न र सुन्निने समस्यालाई कम गर्न सक्छ । डार्क चकलेट जिङ्क, तामा, म्यागनिज, म्याग्नेसियम र आइरनजस्तो खनिजले भरिएको हुन्छ ।

सिट्रस फल : कागती र सुन्तला जस्ता सिट्रस फल भिटामिन सीले भरिएका हुन्छन् । तर, जहिले पनि फ्याँकिने सिट्रस फलको बोक्रा पनि त्यस्तै स्वस्थ र पौष्टिकताले भरिपूर्ण हुन्छ । सिट्रस फलको बाहिरी छाला फ्ल्याभोनोइडको कारण तीतो हुन्छ, जसले फललाई किराबाट बचाउँछ । फलको अन्य कुनै भागभन्दा बोक्रामा फ्लाभोनोइड्सको मात्रा उच्च हुन्छ जसले शरीरमा फाइदा पुर्‍याउने गर्छ ।

ग्रिन टि : ग्रिन टिसँग तौल घटाउनेदेखि लिएर राम्रो पाचन, प्रतिरोधक क्षमतामा वृद्धि, मुटको स्वास्थलगायत धेरै स्वास्थ्य लाभ जोडिएको हुन्छ । क्याटेचिन र पोलिफेनोलको उपस्थितिका कारण ग्रिन टिको स्वाद तीतो हुन्छ । अन्य चियाको साटो दैनिक दुई कप ग्रिन टिको सेवनले शरीरलाई स्वास्थ्य राख्न मद्दत गर्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: