birat ribon

‘झापा स्पोर्टस् अवार्ड’ चौथो चरणमा छानिए खेलाडी

Neuro
‘झापा स्पोर्टस् अवार्ड’ चौथो चरणमा छानिए खेलाडी

विराटनगर / ‘झापा स्पोटस अवार्ड’ चौथो संस्करणको मनोनयनमा पर्न सफल खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाको आयोजनामा सो अवार्ड हुँदै आएको छ ।

Padelux insider
cura insider

अवार्डको चौथो संस्करणका लागि विभिन्न चार विधामा प्रत्येक विधामा तीन–तीन जना मनोनयनमा परेका छन् । दुई विधामा भने छनोट समितिले खेलाडीको लोकप्रियताका आधारमा एक–एक जना सिधै छनोट गर्नसक्ने जनाइएको छ ।

छनोटमा परेका वर्ष खेलाडी पुरुषमा अनन्त तामाङ, सेसेहाङ आङदम्बे र छिरिङ गुरुङ रहेका छन् । तीनै जना फुटबल खेलाडी हुन् । त्यसैगरी, वर्ष खेलाडी महिलामा जुनी राई (उसु), देविका खड्का (जुडो) र कमला श्रेष्ठ (फेन्सिङ छानिएका छन् । त्यस्तै, युवा वर्ष खेलाडीमा फुटबलबाट रेजिन सुब्बा, जुडोबाट मनिता श्रेष्ठ प्रधान र कबड्डीबाट अनुजा कुलुङ राई मनोनयनमा परेका छन् । वर्ष उत्कुष्ट प्र्रशिक्षकमा फुटबलका प्रवेश कटवाल, कराटेका मदन उप्रेती र पौडीका वाङ्देन लामा परेका छन् ।

वर्ष खेलाडी पुरुषलाई एक थान मोटरसाइकल, वर्ष खेलाडी महिलालाई एक थान स्कुटर, वर्ष खेलाडी युवा र वर्ष उत्कृष्ट प्रशिक्षकलाई २५–२५ हजार नगर र ट्रफीले सम्मान गरिने आयोजकले जनाएको छ । त्यस्तै, पिपुल्स च्वाइसअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्टअन्तर्गत एक जनालाई नगद ३५ हजार रुपैयाँसहित स्पेसल अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।

अवार्डको चौथो संस्करण फागुन २८ गते बिर्तामोडको बिर्तामोड सिटी सेन्टरस्थित साइ पार्टी प्यालेसमा हुने जनाइएको छ । अवार्डमा २०७६ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त साबिकको मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङका खेलाडी र प्रशिक्षकलाई मात्र सहभागी गराइने मञ्चले जनाएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: