birat ribon

प्रदेश १ मा नेकपा प्रचण्ड–माधव समूहले १३ जिल्लाको नेतृत्व तोक्यो, मोरङमा दुवै समूहको दाबी

Neuro
प्रदेश १ मा नेकपा प्रचण्ड–माधव समूहले १३ जिल्लाको नेतृत्व तोक्यो, मोरङमा दुवै समूहको दाबी

विराटनगर / नेकपा विभाजनपछि प्रचण्ड–माधव समूहले प्रदेश १ का १३ जिल्लामा जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । सोमबार प्रदेश १ का १३ सहित ६५ जिल्लामा अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो ।

Padelux insider
cura insider

मोरङमा भने दुवै पक्षले आफ्नो दाबेदारी प्रस्तुत गरेका कारण अध्यक्ष र सचिव तोकिएको छैन ।

प्रचण्ड–माधव समूहले ताप्लेजुङको अध्यक्षमा विजय वनेम र सचिवमा बलबहादुर साम्सोहाङ, पाँचथर अध्यक्षमा कमल जवेगु र सचिवमा होमप्रसाद जवेगु चयन भएका छन् ।

त्यस्तै इलाम अध्यक्षको जिम्मेवारी भक्त केसीले पाउँदा सोममाया राई सचिव तोकिएकी छन् ।

झापाको अध्यक्षमा वेदराज रेग्मी चयन भएका छन् । सचिवको जिम्मेवारी मणिकुमार साङपाङले पाएका छन् ।

सुनसरीको अध्यक्षमा योगेन्द्र मण्डल र सचिवमा रमेश बस्नेत, धनकुटा अध्यक्षमा दुर्गा लिङ्खा र सचिवमा ऋषिराम ढुङ्गाना, तेह्रथुम अध्यक्षमा लक्ष्मण तिवारी र सचिवमा इन्द्रबहादुर इमसुङ चयन भएका छन् ।

सङ्खुवासभा अध्यक्ष हेमराज घिमिरे र सचिव कृष्ण याक्खा, भोजपुर अध्यक्षमा शरण राई र सचिवमा बिमल खड्का, खोटाङ अध्यक्षमा देवान चाम्लिङ र सचिवमा जलशेर राईले जिम्मेवारी पाएका छन् ।

सोलुखुम्बु अध्यक्षमा गोम्बु शेर्पा र सचिवमा डिल्ली राई, ओखलढुङ्गा अध्यक्षमा मोहनबहादुर खड्का र सचिवमा हर्कबोल राईले जिम्मेवारी पाएका छन् । उदयपुर अध्यक्षमा विनोद कट्वाल र सचिवमा ईश्वरमणि राउत चयन भएका छन् ।

मोरङमा दुवै समूहको दाबी

नेकपा विभाजनअघि मोरङमा जिल्ला अध्यक्ष तत्कालीन एमाले र सचिव तत्कालीन माओवादीले पाएको थियो । मोरङ अध्यक्ष ऋषिकेश पोखरेल नेकपा ओली समूहमा छन् ।

अध्यक्ष ओली समूहमा लागेपछि सचिव गणेश उप्रेती सुशीलले अध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन् । मोरङमा माधवकुमार नेपाल पक्षका पारुल क्षेत्री पनि अध्यक्षको दाबेदार हुन् ।

पूर्व एमालेले नेतृत्व गरेको जिल्लामा एमालेले नै नेतृत्व गर्न पाउनुपर्ने माधव पक्षको अडान छ ।

पार्टी एकता हुँदा आफू सचिव रहेकाले अब अध्यक्षको जिम्मेवारी पाउनुपर्ने गणेश उप्रेती बताउँछन् । ‘अध्यक्षले छाडेपछि पदाधिकारीबाट नेतृत्वमा जाने परम्परा छ,’ उप्रेती भन्छन्, ‘अध्यक्षपछाडिको वरियतामा म थिए ।’ आफूलाई पार्टीले न्यायोचित निर्णय गर्ने बताए ।

पूर्वएमालेले जिम्मेवारी पाएको स्थानमा पूर्वएमालेले नै पाउने भएकाले आफूले दाबेदारी प्रस्तुत गरेको क्षेत्रीले बताए ।

नेकपा केन्द्रीय सदस्य महेश रेग्मीले छलफल भइरहेकाले केही दिनभित्र विषय टुङ्गो लगाउने बताए ।

विराटनगर महानगर कमिटीले पनि जिल्लासरहको मान्यता पाउँछ । यसअघि जिल्ला र महानगरमा पूर्वएमालेले अध्यक्ष पाएका थिए । जिल्ला र महानगरको अध्यक्ष ओली समूहमा लागेका कारण तत्काल जिम्मेवारी तोक्न नसकिएको नेताहरु बताउँछन् । ‘केही दिनभित्र हामी टुङ्गो लगाउँछौं,’ केन्द्रीय सदस्य रेग्मीले भने, ‘छलफल जारी छ ।’

jackson ribon

प्रतिक्रिया दिनुहोस्: