birat ribon

‘वनको खयर’को भिडियो सार्वजनिक

Neuro
‘वनको खयर’को भिडियो सार्वजनिक

काठमाडौँ / राजन कार्की र समीक्षा अधिकारीको स्वरमा रहेको लोक तथा दोहोरी ‘वनको खयर’ गीतको भिडियो सार्वजनिक गरिएको छ । सुन्दर हमालको शब्द तथा राजन कार्कीको सङ्गीत रहेको सो गीतको सङ्गीत संयोजन तारानाथ आचार्यले गरेका छन् । भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

Padelux insider
cura insider

भिडियोमा राजन कार्की, सुविक्षा हमाल, सवि हमाल, सुवि हमाल र बाल कलाकार सचिन परियार र अग्रता कार्कीले अभिनय गरेका छन् । नवराज उप्रेतीले छायाङ्कन गरेको भिडियो विष्णु शर्माले सम्पादन गरेका छन् । गीत हमालको आफ्नै च्यानल सवि सुवि इन्टरटेन्टमेन्ट च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: