birat ribon

‘तिकडम’ गरेर सरकारको आयु लम्ब्याउने खेल : आचार्य

Neuro
‘तिकडम’ गरेर सरकारको आयु लम्ब्याउने खेल : आचार्य

विराटनगर / आइतबर सभामुखले प्रदेशसभा बैठक आह्वान गर्दैगर्दा सरकार पक्षले बहिस्कार ग¥यो । बैठक रोक्न केन्द्रदेखिको दबाब असफल भएपछि सत्ता पक्षले बहिस्कार गरेको हो ।

संसद् अधिवेशन सरकारले आह्वान गरेकाले सत्ता पक्षको सहभागिता अनिवार्यजस्तै छ । तर प्रदेससभाको जारी अधिवेशनको दोस्रो बैठक अवरुद्ध गरेको सरकार पक्षले आइतबारको बैठक बहिस्कार गर्दा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल भयो ।

cura insider

प्रस्ताव टेबलपछि प्रक्रिया अघि बढेको नेकपा प्रचण्ड–माधव समूहका नेता भीम आचार्यले बताएका छन् । अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारको आयु लम्ब्याउन अनेक तिकडम भइरहेको उनले बताए । ‘संसारका अविश्वासको प्रस्तावको हिस्ट्री हेर्दा डेढ–दुई महिनासम्म गएको कहीँ पनि देखेको छैन,’ उनले भने, ‘राजनीतिक नैतिकता हुनुपर्छ, संसद्को विश्वासको गुमाइसकेपछि अनेकौ तिकडम गरेर, तर्साएर आफ्नो आयु लम्ब्याउने प्रवृत्ति देखापरेको छ । यो निरङ्कुश तानाशाही र सत्तालिप्साको नमुना हो ।’ संसदको विश्वास गुमाएको सरकारले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताउँदै उनले सरकारले संसद् चल्न नदिने रणनीति बनाएको बताए ।

विश्वास गुमाएका मुख्यमन्त्रीले प्रदेशसभा भङ्ग हुन्छ भन्न नमिल्ने उनले बताए । विश्वासको मत नभएका मुख्यमन्त्रीमा भङ्गका लागि सिफारिस गर्ने अधिकार नहुने उनको भनाइ छ ।

आचार्यले आफ्नो समूहसँग ४३ जना सदस्य रहेकोमा केही तलमाथि भएको बताए । ‘हावाहुरी चलिरहेको अवस्थामा सुकेका पातहरु अलिअलि उड्छन् । त्यो ठूलो कुरो भएन । सत्ताले नै तान्ने हो,’ उनले भने, ‘अविश्वासको प्रस्ताव पारित गर्न मत नपुग्ने भन्ने हुँदैन सबैको सहयोगमा पास गर्छाैँ ।’

jackson ribon