birat ribon

भारतमा कोरोनाका सङ्क्रमितको सङ्ख्या बढ्दो, दोस्रो लहर हुनसक्ने आशङ्का

Neuro
भारतमा कोरोनाका सङ्क्रमितको सङ्ख्या बढ्दो, दोस्रो लहर हुनसक्ने आशङ्का

विराटनगर / भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा पुनः वृद्धि भएको छ ।

Padelux insider
cura insider

स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, केरला, आन्ध्र प्रदेश, गोवा र चन्डीगढ़मा कोभिडका बिरामीहरूको सङ्ख्या वृद्धि भएको हो । महाराष्ट्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा अत्यधिक वृद्धिलाई ध्यानमा राख्दै मुख्यमंत्री उद्धव ठाकरेले सोमबारदेखि राज्यका सबै राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

साथै, महाराष्ट्रको अमरावती र अकोला जिल्लामा एक हप्ताका लागि लकडाउन गरिएको छ । यो लकडाउन एक मार्चसम्म जारी रहनेछ । ठाकरेका अनुसार लकडाउन कोभिडको समाधान नभएर यो भाइरसको चक्र रोक्नका लागि प्रयोग गरिने एकमात्र विकल्प हो । कोरोना भाइरसविरूद्ध लड्न मास्क प्रभावकारी हुने हुँदा लकडाउनबाट बच्न मास्क लगाउन, अनुशासन सिर्जना गर्न र सामाजिक दुरी कायम गर्न उनले सुझाव दिएका हुन् ।

कोभिडसम्बन्धी नियम उल्लङ्घन गर्नेहरूलाई दण्डित गरिने उनको भनाइ छ । मुख्यमन्त्री उद्धव ठाकरेले अबको आठ देखि १५ दिनभित्र यो कोरोनाको दोस्रो लहर हो वा होइन भन्ने थाहा हुने बताएका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: