birat ribon

हल त खुले, छैनन् दर्शक

Neuro
हल त खुले, छैनन् दर्शक

काठमाडौँ / कोरोना सङ्क्रमणको जोखिम बढेसँगै बन्द भएका सिनेमा हलहरू हाल आएर खुल्न थालेका छ्न । तर, उनीहरू हिन्दी र पुराना नेपाली चलचित्र प्रदर्शन गरेर दर्शक भुलाउने काम गरिरहेका छन् ।

Padelux insider
cura insider

कोभिड–१९ को विषम परिस्थिति र नेपाली फिल्म उद्योगमा निराशा छाएको समयमा अभिनेता शिव श्रेष्ठले आफ्नो फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज गरेका थिए । माघ १ गते रिलिज भएको नेपाली सो फिल्मपछि नेपाली सिनेमा हलहरूमा कुनै नेपाली फिल्म प्रदर्शन भएको छैन ।

तत्काल निर्माताहरू नयाँ फिल्म प्रदर्शन गर्न तयार नहुँदा हल सञ्चालकहरू पुरानै फिल्म चलाएर दर्शकलाई सिनेमा हलसम्म आउने वातावरण बनाइरहेका छन् । सिनेमा हलमा दर्शकको नआउने देखेर ठूला भनिएका फिल्मका निर्माताहरू यो समयमा फिल्म प्रदर्शन गर्ने आँट गरिरहेका छैनन् । सिनेमा हल खुलेको दुई महिना बढी हुँदासम्म कुनै नेपाली फिल्म प्रदर्शनमा आएको छैन ।

नयाँ फिल्म नआएसम्म हलमा दर्शकको खडेरी हुने हल सञ्चालक बताउँछ्न । नेपालका सिनेमा हलहरू अहिले हिन्दी फिल्म देखाएर धानिँदै छ । यो दुई महिनाको अवधिमा दुई हिन्दी फिल्म प्रदर्शनमा आएका छन् । गत महिना रिलिज भएको प्यान इन्डियन फिल्म ‘मास्टर’ र भर्खर रिलिज भएको तमिल थ्रिलर फिल्म ‘चक्र’ले नेपाली सिनेमा हलहरूमा राम्रो सो टाइम पाइरहेका छ्न ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: