birat ribon

महासङ्घ प्रदेश १ को २३ वटा उपसमिति

Neuro
महासङ्घ प्रदेश १ को २३ वटा उपसमिति

विराटनगर / नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ ले २३ वटा विषयगत उपसमिति गठन गरेको छ । महासङ्घको कार्यकारिणी समितिको बैठकले २३ वटा उपसमितिको सभापति चयन गरेको हो ।

Padelux insider
cura insider

टिकाराज ढकालको अध्यक्षतामा कृषि उद्यम केन्द्र प्रदेश समिति गठन गरिएको छ । सदस्यता वितरण समितिको सभापतिमा, राजेन्द्र राउत, उद्योग वाणिज्य परिषदमा भीमबहादुर पौडेल, रोजगारदाता समिति सभापतिमा रमेशकुमार राठी, व्यापार मेला समिति सभापतिमा रविन दाहाल चयन भएका छन् ।

उर्जा तथा वातावरण समिति सभापति मा श्रवणकुमार अग्रवाल, बैङ्क, बित्तीय तथा बिमा समिति सभापतिमा सुवास आचार्य, स्वास्थ्य तथा सीप विकास समिति सभापतिमा राजन श्रेष्ठ, मानव संशाधन समिति सभापतिमा वीरेन्द्रकुमार साह, घरेलु तथा साना उद्योग समिति सभापतिमा प्रितम खड्गी, शहरी विकास समिति सभापतिमा भूपालराज कटुवाललाई चयन गरेको छ ।

सामाजिक विकास समिति सभापतिमा युवराज शाक्य, सूचना तथा सञ्चार प्रविधि समितिसभापतिमा कुमार भट्टराई, निजी तथा साझेदारी समन्वय समिति सभापतिमा पशुपति बराल, महिला उद्यमी विकास समिति सभापतिमा सरु केसी, स्थानीय आर्थिक विकास समिति सभापतिमा कुमारमणि पोखरेल, कर तथा राजश्व समिति सभापतिमा देवकीनन्दन अग्रवाल, पर्यटन तथा हवाइ यातायात समिति सभापतिमा भविष श्रेष्ठ, स्टार्ट अफ र इनोभेसन समितिमा समिति सभापति विनोद बस्नेत, वस्तुगत समन्वय समिति सभापतिमा दिपक पाण्डे, भन्सार समन्वय समिति सभापतिमा विजेन्द्र पारासर, ऐन कानून नीति निर्माण समिति सभापतिमा सूर्य विमली र स्थल यातायात तथा पारवहन समिति सभापतिमा मेघराज सिग्देल चयन भएका हुन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: