birat ribon

भारतमा सङ्क्रमित एक करोड १० लाखभन्दा बढी

Neuro
भारतमा सङ्क्रमित एक करोड १० लाखभन्दा बढी

विराटनगर / छिमेकी मुलुक भारतमा हालसम्म एक करोड १० लाखभन्दा बढी जनसङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो समय कोरोना नियन्त्रण हुँदै गइरहेको भारतमा दैनिक भेटिने सङ्क्रमित सङ्ख्या पनि कम हुँदै गइरहेको छ । कोरोनाका कारण मृत्यु हुने सङ्ख्या पनि कम छ । भारतमा दैनिक ५० हजार हाराहारीमा सङ्क्रमित भेटिने गरे पनि पछिल्लो एक महिनायता दैनिक भेटिने सङ्क्रमितको सङ्ख्या १५ हजारभन्दा बढी छैन । दैनिक एक हजारभन्दा बढीको मृत्यु हुने गरेकोमा अहिले आएर एक सयको हाराहारीमा ज्यान गइरहेको छ ।

cura insider

विश्वमा महामारीको रुपमा भाइरस फैलिइरहँदा एक समय भारत कोरोना सङ्क्रमणबाट नराम्ररी बनेको थियो । तर पछिल्लो समय नियन्त्रणउन्मुख छ । पछिल्लो २४ घण्टामा १३ हजार नौ सय ८० जनामा मात्रै सङ्क्रमण पुष्टि भयो । हालसम्म सङ्क्रमित सङ्ख्या एक करोड १० लाख पाँच हजार ७१ पुगेको छ ।

एक दिनमा ७९ जना सङ्क्रमितको ज्यान गयो । हालसम्म भारतमा ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या एक लाख ५६ हजार चार सय १८ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो । खुला सीमाका कारण नेपालमा पनि भारतबाटै कोरोना सङ्क्रमण भित्रिएको आशंका छ ।

भारतमा सङ्क्रमण पुष्टि भएकामध्ये उपचार सफल हुनेको सङ्ख्या पनि धेरै छ । एक करोड करोड छ लाख ९७ हजार १४ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । एक लाख ५१ हजार छ सय ३९ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ५० हजार आठ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड ८७ लाख ५८ हजार तीन सय पुगेको छ । अमेरिकामा पछिल्लो समय सङ्क्रमण केही हदसम्म नियन्त्रण हुँदै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार एक सय ३४ जना सङ्क्रमितको ज्यान गयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या अमेरिकामा पाँच लाख ११ हजार नौ पुगेको छ । दैनिक पुष्टि हुने सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या अमेरिकामा पनि कम हुँदै गइरहेको छ ।

सङ्क्रमितमध्ये एक करोड ८९ लाख ५९ हजार ३४ जना उपचारपछि घर फर्किएका छन् । ९२ लाख ८८ हजार दुई सय ५७ जनाको उपचार जारी छ । उपचाररतमध्ये १७ हजार दुई सय तीन जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा एकै दिन २९ हजार २६ जना नयाँ सङ्क्रमित थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या एक करोड एक लाख ६८ हजार एक सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा पाँच सय ५४ जनाको ज्यान गयो । हालसम्म मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ४६ हजार पाँच सय ६० पुगेको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये ९० लाख ९५ हजार चार सय ८३ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु स्वास्थ्यमा सुधार भएपछि सामान्य जीवनमा फर्किएका छन् । आठ लाख २६ हजार एक सय ३१ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख ९५ हजार सङ्क्रमित थपिए । विश्वमा दैनिक थपिने सङ्क्रमित सङ्ख्या पनि कम हुँदै गइरहेको छ । कोरोनाविरुद्धका विभिन्न खोपहरु सफल परीक्षणपछि प्रयोगमा ल्याइएकाले सङ्क्रमण नियन्त्रण हुँदै गइरहेको अनुमान गरिएको छ । विश्वमा हालसम्म ११ करोड १९ लाख ३४ हजार नौ सय २७ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

एकै दिन पाँच हजार आठ सय ८८ जना सङ्क्रमितको ज्यान गयो । हालसम्म विश्वमा कोरोनाका कारण २४ लाख ७७ हजार तीन सय ७२ जनाको मृत्यु भइसकेको छ । दैनिक १० हजार हाराहारीमा सङ्क्रमितको मृत्यु भइरहे पनि पछिल्लो समय त्यो सङ्ख्या क्रमस घट्दै गइरहेको छ ।

विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये हालसम्म आठ करोड ७२ लाख ८३ हजार चार सय १० जना उपचारपछि निको भएर सामान्य जीवनमा फर्किएका छन् । दुई करोड २१ लाख ७४ हजार एक सय ४५ सङ्क्रमितको उपचार जारी छ । उपचाररतमध्ये ९४ हजार एक सय ७९ जनाको अवस्था गम्भीर छ ।

jackson ribon