birat ribon

करीना कपुर दोस्रोपटक आमा बनिन्

Neuro
करीना कपुर दोस्रोपटक आमा बनिन्

विराटनगर / बलिउड अभिनेत्री करीना कपूर खान दोस्रो पटक आमा बनेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार करीनाले आइतबार (२१ फेब्रुअरी) ब्रिज क्यान्डी अस्पतालमा छोरालाई जन्म दिएकी हुन् ।

Padelux insider
cura insider

करीना र सैफ अली खानको यसअघि पनि एक छोरा छन् । उनले २०१६ मा तैमूरलाई जन्म दिएकी थिइन् । करीना आफ्नो गर्भावस्थाको अवधिमा धेरै सक्रिय थिइन् । उनी शारीरिक रूपमा पनि सक्रिय रही घुमिरहेकी थिइन् ।

करीनाले सामाजिक सञ्जालमार्फत आफ्ना कार्यको अपडेटहरू शेयर गरिरहन्थिन् । करीना अभिनेता सैफ अली खानको दोस्रो श्रीमती हुन् । सैफको पहिलो विवाह अमृता सिंहसँग भएको थियो । उनकी छोरी सारा अली खान र छोरा इब्राहिम अली खान छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: