birat ribon

रिजालको ‘फूलबारी’ कविता-सङ्ग्रह लोकार्पित

Neuro
रिजालको ‘फूलबारी’ कविता-सङ्ग्रह लोकार्पित

विराटनगर / कवि लक्ष्मीप्रसाद रिजालले लेखेको ‘फूलबारी’ कविता-सङ्ग्रहको विराटनगरमा लोकार्पण गरिएको छ ।

Padelux insider
cura insider

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका प्राध्यापक कविराज, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्रतिष्ठानका अध्यक्षसमेत प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गङ्गा सुवेदी, अग्रज साहित्यकार बलराम पोखरेलले संयुक्त रूपमा सङ्ग्रहको लोकार्पण गरेका थिए ।

कार्यक्रममा समालोचक प्राध्यापक भूषण ढुङ्गेलले विमोचित कवितासङ्ग्रहभित्र प्रेम, विद्रोह, सामाजिक विकृति, विसङ्गतिलगायतका विषयलाई समेटिएको बताए ।

वृद्ध उमेरमा पनि कवि रिजालमा युवा चेत सशक्त रूपमा प्रस्तुत भएको उनले बताए ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशित गरेको लोकार्पित कृतिमा ४९ वटा फुटकर कविता सङ्ग्रहित छन् । कवि भरत गुरागाईं ‘बर्बरिक’ र मीनकुमार नवोदितले फूलबारीभित्रका कविता वाचन गरेका थिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: