birat ribon

चीनले विश्वकै नमूना अस्पतालसहितको पानीजहाज बनायो

Neuro
चीनले विश्वकै नमूना अस्पतालसहितको पानीजहाज बनायो

विराटनगर / चिनियाँ कम्पनीले एक अमेरिकी पानी जहाज मालिकको लागि निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको छ ।

Padelux insider
cura insider

लम्बाई एक सय ७४ मिटर र चौडाई २८ दशमलव ६ मिटर रहेको उक्त जहाज अत्यधिक गतिमा चल्ने क्षमता भएको सुविधासम्पन्न पानीजहाज हो । जहाजभित्र दुई सय ७७ वार्ड तथा छ सय ४१ शैया रहेका तियानजिङ सिङ्गाङ जहाज निर्माण कम्पनीले जनाएको छ ।

जहाज निर्माण कम्पनीका अनुसार जहाजभित्र पाँच तारे होटेल र सुविधासम्पन्न अस्पतालले उपलब्ध गराउने सबै खालका सेवाहरू जडान गरिएका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: