birat ribon

प्रधानमन्त्रीको कदम अदालतले नरोके लोकतान्त्रिक व्यवस्था नै सकिन्छ : सिटौला

Neuro
प्रधानमन्त्रीको कदम अदालतले नरोके लोकतान्त्रिक व्यवस्था नै सकिन्छ : सिटौला

विराटनगर / नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई अदालतले नरोके लोकतान्त्रिक व्यवस्था नै सकिने बताएका छन् ।

Padelux insider
cura insider

आइतबार प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा असंवैधानिक कदमलाई नरोको लोकतान्त्रि व्यवस्था र संविधान नै सकिने बताएका हुन् ।

संविधानमा हुँदै नभएको व्यवस्थालाई टेकेर ओलीले प्रतिनिधिसभा भङ्ग गरेको बताउँदै उनले न्यायाधीशले खुट्टा नकमाई संविधानको व्याख्या गर्नुपर्ने बताए । ‘शासक पागलजस्तै हुनसक्छ, रोक्ने काम अदालतको हो,’ उनले भने, ‘न्यायाधीशहरूले धम्कीसामु खुट्टा नकमाई संविधानको व्याख्या गर्नुपर्छ ।’

ओली नेतृत्वको सरकारले राज्य आतङ्क सुरु गरेको उनले बताए । ओलीले आफ्नो पक्षमा अदालतले फैसला नगरे आन्दोलन गर्छु भनेर आतङ्कको सिर्जना गर्न खोजेको बताए ।

उनले प्रदेश १ मा नेपाली काङ्ग्रेस अविश्वासको प्रस्तावमा उभिने बताउँदै उनले अविश्वासको प्रस्तावमा उभिनका लागि केन्द्रीय समितिको निर्णय नभएपनि प्रदेशको संसदीय दल आफैँ सक्षम रहेको बताए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: