birat ribon

आफ्नै भान्जालाई अपहरण गरी एक करोड फिरौती माग्ने मामा पक्राउ

Neuro
आफ्नै भान्जालाई अपहरण गरी एक करोड फिरौती माग्ने मामा पक्राउ

जनकपुरधाम / आफ्नै भान्जालाई अपहरण गरी फिरौती माग्ने मामालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार पत्रकार सम्मेलन गरी आफ्नै भान्जाको अपहरण गरेका महोत्तरी जिल्ला पिपरा गाउँपालिका–७ निवासी लक्ष्मेश्वर दासलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले अनुसन्धानका क्रममा आर्थिक प्रलोभनमा परेर अपहरण गरेको पाइएको बताए । धनुषाको नगइराइन नगरपालिका–६ स्थित लग्माबाट सात वर्षीय चन्दन दासलाई शनिबार दिउँसो १ बजे मोटरसाइकलमा बसाएर लक्ष्मेश्वर दासले अपहरण गरेका थिए ।

cura insider

प्रहरीले बालकलाई शनिबार साँझ ८ बजे जनकपुर–७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरबाट उद्दार गरेको थियो । बालकलाई अपहरण गरेपछि बालकको आमालाई फोन गरी मामा दासले एक करोड रुपैयाँ फिरौती मागेका थिए ।

त्यसलगत्तै प्रहरीले खोजी कार्य सुरु गरेको थियो । प्रहरीका अनुसार अपहरित बालकलाई परिवारजनको जिम्मा लगाइसकिएको छ भने घटनामा संलग्न रहेको आशंकामा अन्य दुई जनालाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

jackson ribon