birat ribon

अविश्वासको प्रस्ताव पेश भएसँगै स्थगित भयो प्रदेशसभा बैठक

Neuro
अविश्वासको प्रस्ताव पेश भएसँगै स्थगित भयो प्रदेशसभा बैठक

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव संसदमा पेश भएको छ । आइतबार बसेको प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

सत्ता पक्षको उपस्थितिविना नै प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको हो । अविश्वासको प्रस्ताव पेश भएसँगै बैठक स्थगित भएको छ । फागुन २० गते १ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

cura insider

आइतबार दिउँसोका लागि बोलाइएको बैठक दुई घण्टापछि बसेको थियो । सत्तारुढ नेकपाले बैठकमा सहभागी हुन नसकिने बताएपछि सभामुख भण्डारीले बैठक सुचारु गरेका थिए ।

राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

jackson ribon