birat ribon

२४ घन्टाभित्रै दुना–टपरी हराउने बराहापोखरी

Neuro
२४ घन्टाभित्रै दुना–टपरी हराउने बराहापोखरी

सावाखोला बेँसीक्षेत्रमा बाँदर, भालु र फट्याङ्ग्रो समूहमा पर्ने एक प्रकारको रातोपाटे पानीकिराको प्रकापबारे जानकारी सङ्कलन गर्दै हामी सीधै ठाडो ओरालो बराहापोखरी उपत्यकातर्फ लाग्यौँ ।

जङ्गलबाट बराहापोखरी झल्याक–झुलुक देखिन्छ । घाम डाँडामाथि पुगिसकेकाले हतार गर्दै झ¥यौँ । तर बाटो एकदमै भिरालो थियो । एकछिनमा त्यही पनि हरायो ।

cura insider

तल पोखरी र पोखरीमा रातो दरीझैँं राता माछाहरू देखिँदै थिए । हामी त्यही दिशा लक्षित गर्दै अघि बढ्यौँ । बाटो जोखिमपूर्ण चिप्लो भित्ताझैँ थियो । बुटा–बुटी समात्दै ओर्लियौँ । झमक्क साँझ पर्दा विशाल पहाडको काखमा रहेको सुन्दर पोखरीकिनारमा आइपुग्यौँ ।

२१ वर्षअघिको बराहापोखरी

साँझपखको धूप–छाया उज्यालोमा पानी हेरेँ । एकदम कञ्चन, सफा थियो पानी । मैले हात–मुख धोएँ । किनारा वरिपरि नियालेँ, निकैपरसम्म पुगेको अन्डाकारको रहेछ । त्यहाँका माछा राता र नीला रङका रहेछन् ।

असोज १३ गते बिहान अबेला उठियो । हिजो रातिको ठुलो हुरी र डरलाग्दो गड्याङगुडुङले गर्दा निकै ढिलो सुतिएको थियो । हामीलाई गाइड गर्दै आएका भतिजी पार्वती र साथीचाहिँ स्कुल भ्याउने भनी चिसापानीतर्फ फर्के ।

म पोखरीको अध्ययन अवलोकन गर्न सीधै बराहापोखरीतर्फ लागेँ । बिहानको स्वच्छ मौसममा पोखरी झन् सुन्दर देखियो । एक हजार एक सय मिटर उचाइमा रहेको यो पोखरी यहाँको एउटा प्राकृतिक पोखरी हो ।

पोखरीकिनारमा एउटा मन्दिर पनि छ । त्यस मन्दिरका पुजारी गिरीबन्धु रहेछन् । उनैलाई लिएर पोखरीको अवलोकन गर्दै घुमेँ । पोखरीको क्षेत्रफल ४७ रोपनी (लगभग तीन दशमलव पाँच हेक्टर) रहेछ ।

नेपाले रैथाने किथ्रे भ्यागुतोः (क्रिकेट फ्रग, माइनोभेरिया नेपालेन्सिस)

बराहापोखरीको निकै ठुलो पर्यटकीय र धार्मिक महत्त्व रहेको पुजारीले बताए । पुजारीका अनुसार वर्षैपिच्छे यहाँ गुरूपूर्णिमा तथा माघे-सङ्क्रान्तिमा ठुलो मेला (बजार) लाग्दोरहेछ । गुरुपूर्णिमाका दिन त यसक्षेत्रका मात्र नभई टाढा–टाढाबाट धामी, झाँक्री तथा श्रद्धालुहरू आउँदा रहेछन् । यस पर्वको सन्दर्भ पारेर दुई–तीन दिनसम्म रात–दिन बजार लाग्दोरहेछ ।

सोही अवसरमा यहाँ छोङ्खा साकेलामा झैँ बेल्टार, गाईघाट, लाहान तथा धरानका व्यापारीहरू आफ्नो व्यापार लिएर आउँदा रहेछन् ।

जनविश्वास के छ भने यहाँका पानीहाँसले पत्करहरू टिपेर बाहिर लग्ने हुँदा बराहापोखरी सफा भएको हो । विशेष अवसरमा यहाँ सयौँ श्रद्धालुहरूले चढाएका फलफूल तथा दुना–टपरीहरू पनि २४ घन्टाभित्रै पोखरीमा हराउँछन् ।

निश्चित आकार नहुनु, प्रशस्त मात्रामा ल्याइते रङ्गीन माछाहरू (गोल्ड–फिस) हुनु, पानी आउने स्रोत र जाने निकास दुवै नहुनु आदि यस पोखरीका विशेषताहरू हुन् । जनश्रुति अनुसार यसको निकास भित्रभित्रै दिप्लुङ–डाँडा काटेर भानमति खोलामा निस्कन्छ रे !

बराहा पोखरी सङ्लो पानीले बनेको कम उत्पादक (ओलिगेटोफिक लेक) प्रकारको देखिन्छ । यसका तीनै पाटामा पातला जङ्गलहरू भए पनि ती रुखका पात–पतिङ्गरहरू यस पोखरीमा देखिँदैनन् ।

जनविश्वास के छ भने यहाँका पानीहाँसले पत्करहरू टिपेर बाहिर लग्ने हुँदा पोखरी सफा भएको हो । विशेष अवसरमा यहाँ सयौँ श्रद्धालुहरूले चढाएका फलफूल तथा दुना–टपरीहरू पनि २४ घन्टाभित्रै पोखरीमा हराउँछन् । यसक्षेत्रका प्रायः सबै पोखरीहरू बराहा, रौता, साल्पा, गुफा, दूध, माइतम्बे आदिबारे प्रायः एकै प्रकारको जनविश्वास रहेछ ।

बराहापोखरी सेरोफेरोका क्षेत्रहरू चिसापानी, दिप्लुङ–डाँडो, सिन्ताङ–डाँडो आदि । तस्बिर : देवान राई

मैले बराहापोखरी चारैतिर घुमी–घुमी अध्ययन गरेँ । पोखरीकिनारमा भेटिएका उभयचरका केही प्रजातिहरू जस्तै नेपाले किथ्रे भ्यागुतो (माइनभेरिया नेपालेन्सिस), पल्टने आहाले भ्यागुतो (युफ्लिक्टस साइनोफ्लिक्टस) आदि नमुनाहरूको तथ्याङ्क लिएँ । बराहापोखरी सेरोफेरोमा बगैँचे छेपारो (क्यालोट्स भर्सिकलर), हरेउ वा गुर्भे–सर्प (भाइपर) आदि सरीसृपहरू पाइने कुरो पनि टिपोट गरेँँ ।

बराहापोखरी दिप्लुङ–डाँडा र सिन्ताङ–डाँडा (एक हजार ६ सय मिटर) माझमा बनेको उपत्यकामा भएको हुनाले एकातर्फ मात्र खुला छ । डाँडा काटिसकेपछि यो पोखरी देखिँदैन । उपत्यका ठुलो छ । गाउँघर अलि टाढा छ ।

क्रमशः
मेरो अनुसन्धान यात्राबाट

jackson ribon