birat ribon

कोही पनि अपने मुहँ मियाँ मिट्ठु नबनौँ

Neuro
कोही पनि अपने मुहँ मियाँ मिट्ठु नबनौँ

कन्टिर–बाबू आज बडो मुडमा देखिएका छन् । हिन्दी सिनेमाको गीत गुनगुनाइरहेका छन्– मौसम बडा सुहाना है … अच्छाजी !

हो पनि मौसम अहिले साँच्चै राम्रो छ । चिसो कम भएको छ र गर्मी पनि चढिसकेको छैन । धेरैलाई लाग्ला कन्टिर–बाबूले अहिलेको प्राकृतिक मौसमको कुरा गरेका होलान् । तर त्यो सोह्रै आना गलत हो ।

cura insider

कन्टिर–बाबूले त राजनीतिक मौसमको कुरा पो गरेका हुन्, भलै उनले आफ्नो कुराको प्रस्थान बिम्ब हिन्दी गीतलाई बनाएका हुन् ।

कन्टिर–बाबूका अनुसार अहिलेको राजनीतिक मौसम बडा सुहाना छ । न त उग्र न त सुस्त । न त आक्रामक, न त प्रतिरक्षात्मक । वर्तमानका राजनीतिका खेलाडीहरु ओल्बा, झप्रम, शेबदे, राथा, कथा, उराबाम आदिलाई लागेको छ, अदालतले आफ्नै पक्षमा फैसला दिन्छ ।

अरे यार यो त सबैलाई थाहा छ, अदालतले कि संसद् विघटनलाई सदर कि बदर गर्छ । कुरो साफ छ । एमिकस क्युरीले पनि आफ्नो राय अदालतलाई दिइसकेको छ । फैसलाबारे सबैलाई आफूअनुकूलको अनुमान गर्ने सुविधा छ ।

यसबारे कन्टिर–बाबूको पनि आफ्नै खाले अनुमान छ । जब ओल्बाले विराटनगरको भिडभाडमा बोल्दै ‘यदि अदालतले घोषित निर्वाचन सदर गरेन संसद् पुनःस्थापना गर्‍यो भने हामी आन्दोलन गर्नेछौँ,’ भने त्यही बेलादेखि कन्टिर–बाबूको मनमा अबचाहिँ बुढाले हरेस खाएछन् भन्ने चिसो पसेको छ ।

अन्यथा एक दिनअघि ‘यदि चुनाव चिन्ह पाइएन भने,’ भन्दै थर्काएका ओल्बाले भोलिपल्टै ‘यदि अदालतले संसद् पुनःस्थापना गर्‍यो भने,’ भन्दै हतास मनस्थिति प्रकट नगर्नुपर्ने भन्ने लागिरहेको छ ।

यता सडकबाट जसले, जसरी दबाब दिए पनि अदालतले नै हो खास फैसला गर्ने । एमिकस क्युरीले विघटन गलत कि सही भन्ने प्रतियोगितामा चारविरुद्ध एक स्कोर गरेकाले यति बेला एक किसिमको अनुमान त गर्न सकिन्छ । तर कोही पनि बाहिर–बाहिर अपने मुहँ मियाँ मिट्ठु नबने हुन्छ ।

उता, अदालतको फैसलापछि राजनीतिको मौसम अहिलेको जस्तै सुहाना रहला कि नरहला कन्टिर–बाबूका लागि यो पनि एउटा चासोको विषय बनेको छ ।

jackson ribon