birat ribon

न्यूजिल्यान्डका सबै स्कुलले स्यानिटरी सामग्री निःशुल्क प्रदान गर्ने

Neuro
न्यूजिल्यान्डका सबै स्कुलले स्यानिटरी सामग्री निःशुल्क प्रदान गर्ने

विराटनगर / आगामी जुन महिनादेखि न्यूजिल्यान्डका सबै स्कुलले महिनावारीका सामग्री निःशुल्क प्रदान गर्ने भएको छ ।

Padelux insider
cura insider

महिनावारीका सामग्रीको पहुँच नभएका अर्थात् गरिबी हटाउने प्रयासका लागि जुनदेखि सबै स्कुलमा निःशुल्क स्यानिटरी उत्पादन प्रदान गरिने भएको हो । स्यानिटरी उत्पादन खरिद गर्न नसक्ने हुँदा कतिपय छात्रा स्कुल नआउने वा उनीहरूको पढाइमा प्रभाव परिरहेको चिन्ता व्यक्त गरिएको छ । न्यूजिल्यान्डमा १२ मध्ये एक बालबालिकाले गरिबीका कारण महिनावारीका बेला आवश्यक सामग्री किन्न नसक्दा पढाइ छुटाइरहेका छन् ।

प्रधानमन्त्री ज्याकिन्डा एडर्नका अनुसार आधा जनसङ्ख्याको जीवन सामान्य रहेका कारण युवाहरूले आफ्नो शिक्षा गुमाउनु हुँदैन । यस्तोमा निःशुल्क सामग्री उपलब्ध गराउनाले गरिबी हटाउने, विद्यालयमा छात्राको उपस्थिति बढाउने तथा बालबालिकाको सुस्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सकिने एडर्नको भनाइ छ । न्यूजिल्याण्डमा गत वर्षदेखि १५ भन्दा बढी स्कुलमा यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको थियो ।

र, यो नीति सुरु भएदेखि सन् २०२४ सम्म लागू गराउनका लागि न्यूजिल्यान्ड सरकारलाई एक करोड ८० लाख डलर खर्च लाग्ने छ । गत नोभेम्बर स्कटल्यान्ड देशैभर आवश्यक पर्ने जोकोहीलाई निःशुल्क स्यानिटरीका उत्पादन प्रदान गर्ने विश्वकै पहिलो देश बनेको थियो । इङ्ल्यान्डमा पनि अघिल्लो वर्षदेखि प्रारम्भिक र माध्यमिक तहका विद्यार्थीलाई महिनावारीमा आवश्यक सामान निःशुल्क प्रदान गर्न सुरु गरिएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: