birat ribon

पहिलोपटक बर्ड फ्लू कुखुराबाट मानिसमा सरेको पाइयो

Neuro
पहिलोपटक बर्ड फ्लू कुखुराबाट मानिसमा सरेको पाइयो

विराटनगर / चरामा देखिने बर्ड फ्लू (एच५एन८) सङ्क्रमण पहिलोपटक मानिसमा पनि सरेको पाइएको छ ।

Padelux insider
cura insider

रुसमा पहिलोपटक बर्ड फ्लू कुखुराबाट मानिसमा सरेको भेटिएको बिबिसीले जनाएको हो । गत डिसेम्बरमा रुसको दक्षिण क्षेत्रमा रहेको एक पोल्ट्री फार्ममा काम गर्ने सात जना कामदारमा बर्ड फ्लू पुष्टि भएको थियो । उपभोक्ताको स्वास्थ्य हितमा काम गर्ने अन्न पोपोभाले अहिले ती सातै जना कामदार निको हुने क्रममा रहेको बताएकी छिन् ।

सङ्क्रमणको रोकथाम गर्न चाँडै पर्याप्त उपायहरू अपनाइएको थियो । पोपोभाका अहनुसार मानिसबाट मानिसमा उक्त बर्ड फ्लूको सङ्क्रमण सर्ने सम्भावना भने नदेखिएको बताएकी छिन् । उनले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)लाई उक्त घटनाको रिपोर्ट गराइसकेको छिन् ।

बर्ड फ्लूको अन्य प्रकारका कारण मानिस सङ्क्रमित मात्र नभई यसले मृत्युसमेत भएको पाइए पनि एच५एन८ प्रकारको बर्ड फ्लू मानिसमा सङ्क्रमण भएको यो पहिलो घटना हो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: