birat ribon

प्रदेश मन्त्री भन्छन् : अविश्वासको प्रस्तावमा हतार नगरौँ

Neuro
प्रदेश मन्त्री भन्छन् : अविश्वासको प्रस्तावमा हतार नगरौँ

विराटनगर / प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफलका लागि केही समय पर्खन आग्रह गरेका छन् ।

प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको नेकपाको प्रचण्ड–माधव समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।

cura insider

आइतबार (आज) दिउँसो २ बजे बस्ने सो बैठकमा अविश्वासको प्रस्ताव टेबल गराउने तयारी छ । तर सत्तारुढ नेकपा (ओली समूह)ले बैठक अवरुद्ध गरिरहेको छ ।

‘पार्टी विभाजन नभई अविश्वासको प्रस्तावको प्रक्रिया अगाडि बढाउन उपयुक्त हुँदैन,’ उनले भने, ‘हामीले निर्वाचन आयोग र सर्वाेच्च अदालतको निर्णय पर्खन आग्रह गरेका छौँ ।’

एउटै पार्टी भएकाले तत्काल प्रस्ताव अघि बढाउन नमिल्ने उनले बताए । गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । अविश्वासको प्रस्ताव दर्ताअघि प्रदेश सरकारले माघ ७ गते प्रदेशसभाको बैठक बोलाएको थियो । ७ माघदेखि ९ फागुनसम्मको अवधिमा तेस्रो पटक बैठक बस्न लागेको हो । गत २५ माघको बैठक नेकपा ओली समूहले अवरुद्ध गरेको थियो । ७ माघको पहिलो बैठक प्रदेशप्रमुखले पठाएको पत्र वाचन गरेर स्थगित भएको थियो ।

अब दुई–चार दिनमा सबै विषयको टुङ्गो लाग्ने भएकाले प्रस्तावमाथि छलफलका लागि केही दिन पर्खनुपर्ने उनले बताए । यता प्रचण्ड–माधव समूहका नेता भने अब सरकारलाई धेरै समय दिन नसकिने बताउँछन् । पुस १२ गतेदेखि फागुन ९ गतेसम्म पाएको समयमा प्रभावकारी छलफल नगरेकाले अब अविश्वासको प्रस्ताव टेबल गरी छलफल अघि बढाउनु पर्ने प्रचण्ड–माधव समूहका नेता ईन्द्रबहादुर आङ्बोले बताए ।

jackson ribon