birat ribon

प्रदेशसभा बैठक स्थगित गर्न मुख्यमन्त्रीको आग्रह, सभामुखले मानेनन्

Neuro
प्रदेशसभा बैठक स्थगित गर्न मुख्यमन्त्रीको आग्रह, सभामुखले मानेनन्

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आजका लागि तय भएको प्रदेशसभा बैठक स्थगित गर्न आग्रह गरेका छन् ।

प्रदेशसभाको जारी हिउँदे अधिवेशनको तेस्रो बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । आइतबार बिहान मुख्यमन्त्री निवासमा भएको छलफलमा राईले सभामुख भण्डारीलाई सूचना टाँस गरी बैठक स्थगित गर्न आग्रह गरेका हुन् । तर सभामुख प्रदीपकुमार भण्डारीले अविश्वासको प्रस्ताव टेबल गर्ने यसअघिकै कार्यसूची रहेकाले आज बैठक स्थगित गर्दा राम्रो सन्देश नजाने बताएको स्रोतले जानकारी दिएको छ ।

cura insider

मुख्यमन्त्री राईले अहिलेकै अवस्थामा बैठक अगाडि बढ्न नसक्ने बताएका थिए । पार्टी विभाजनले आधिकारिता पाएपछि मात्रै बैठक अगाडि बढाउनु पर्ने उनको भनाइ थियो ।

सभामुख भण्डारीले अविश्वासको प्रस्ताव टेबल गराएर बैठक स्थगित गर्न सकिन्छ भन्ने जवाफ दिएको स्रोतले बताएको छ ।

सभामुखले बैठक स्थगित नगर्ने बताएपछि आइतबारको बैठक पनि अवरुद्ध गर्ने ओली समूहले तयारी गरेको छ । नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बैठक अवरूद्ध गर्ने बताए ।

२५ माघमा सत्तारुढ दलकै विरोधका कारण प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।

पुस १२ गते प्रदेशसभाका ३७ सदस्यले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये पाँच जनाले प्रस्ताव फिर्ता लिएका छन् । अविश्वासको प्रस्ताव दर्ता भएको दुई महिनामा भएकाले आइतबारको बैठकमा प्रस्ताव दर्ता गराएर नियमित छलफलमा लैजानुपर्ने नेकपा प्रचण्ड–माधव समूहका नेता ईन्द्र आङ्बोले बताए ।

jackson ribon