birat ribon

ओलीको मनोमानी बढ्नुमा काङ्ग्रेसको कमजोरी : पौडेल

पैसा छैन भन्नु बेकारको कुरा हो

Neuro
ओलीको मनोमानी बढ्नुमा काङ्ग्रेसको कमजोरी : पौडेलपैसा छैन भन्नु बेकारको कुरा हो

सुनसरी / नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री खड्गप्रसाद ओलीले संविधान मिच्दै, जथाभावी बोल्दै, आन्दोलनको धम्की दिँदै हिँड्नुमा काङ्ग्रेसकै कमजोरी रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन सुनसरीद्वारा आइतबार बिहान इटहरीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले भने, ‘काङ्ग्रेस नेतृत्व यतिबेला मोही माग्ने ढुङ्ग्रो लुकाउने गरिरहेको छ । त्यसैको आडमा प्रधानमन्त्रीले मनोमानी गरिरहेका छन् । जथाभावी बोलिरहेका छन् ।आन्दोलनको धम्की दिइरहेका छन् । ओलीको यस्तो दुरुत्साहन प्रवृत्ति बढ्नुमा काङ्ग्रेसको कमजोरी छ ।’

cura insider

प्रधानमन्त्री आफैँले सेटिङको कुरा गर्नु, आन्दोलनको धम्की दिनु निर्लज्जताको पराकाष्ठा हो । यसबाट उनको मनमा आफ्नो हार हुँदै छ भन्ने चिसो पसेको, उनी अत्तालिइसकेको देखिन्छ ।

प्रधानमन्त्री ओलीले विराटनगरमा ‘अदालतले संसद् पुनःस्थापना गरे आन्दोलनमा जान्छु,’ भनेको सन्दर्भ लक्षित गर्दै नेता पौडेलले यसलाई ओलीको मनमा चिसो पसेको रूपमा अथ्र्याए । ‘प्रधानमन्त्री आफैँले सेटिङको कुरा गर्नु, आन्दोलनको धम्की दिनु निर्लज्जताको पराकाष्ठा हो,’ पौडेलले भने, ‘यसबाट उनको मनमा आफ्नो हार हुँदै छ भन्ने चिसो पसेको, उनी अत्तालिइसकेको देखिन्छ । तापनि चिलले चल्ला लग्यो भन्दै दोष अरूतिर दिएर कुखुरा चोर्ने प्रयत्न जारी छ । यसको प्रतिवाद काङ्ग्रेसले गर्छ, गर्नैपर्छ ।’

पौडेलका अनुसार संसद् मारेर अध्यादेशबाट शासन चलाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाको धज्जी उडाइएका बेला हामी चुनाव–सुनावको कुरामा अलमलिनु हुँदैन । यो चुनाव काङ्ग्रेसका लागि कुनै अवसर होइन । मुलुक खल्बल्याउने, लोकतान्त्रिक हतियारले लोकतन्त्रलाई नै प्रहार गर्नेहरूबाट कसरी मुलुकलाई जोगाउने भन्ने फेरि अर्को चुनौती काङ्ग्रेसामु आइलागेको छ ।

संसद् पुनःस्थापनाका पक्षमा काङ्ग्रेस सभापति नबोल्नुले अन्योलको अवस्था उत्पन्न गरेको छ । यसप्रति म दुःख प्रकट गर्छु ।

काङ्ग्रेसले संसद् विघटन असंवैधानिक भनिसकेपछि संसद् पुनःस्थापनाबाहेकका कुरा गरेर ‘एकातिर आँधी, अर्कोतिर झोलुङ्गो’ भनेजस्तो अमिल्दो कुरा गर्न नहुने नेता पौडेलको धारणा छ । ‘संसद् पुनःस्थापनाका पक्षमा काङ्ग्रेस सभापति नबोल्नुले अन्योलको अवस्था उत्पन्न गरेको छ,’ पौडेलले भने, ‘यसप्रति म दुःख प्रकट गर्छु ।’

पत्रकारको एक जिज्ञासामा पौडेलले भने, ‘पैसाले गर्ने होइन सभा–जुलुस । पार्टी नेतृत्वले आह्वान गर्ने हो । लोकतन्त्र रक्षाका लागि जनता आफैँ सडकमा आउँछन् । पैसा छैन भन्नु बेकारको कुरा हो । मूल विषय छोडेर बोल्ने नेताहरूले मुख सम्हाल्नुपर्छ ।’

jackson ribon