birat ribon

खानेपानी संस्थानले जथाभावी शुल्क लिएको गुनासो

Neuro
खानेपानी संस्थानले जथाभावी शुल्क लिएको गुनासो

विराटनगर / खानेपानी संस्थान कार्यालय विराटनगरले जथाभावी रुपमा शुल्क लिएको जनगुनासो बढ्न थालेको छ ।

पुराना पाइप हटाएर नयाँ पाइप जडान गर्ने क्रममा शुल्क लिएको भन्दै गुनासो बढ्न थालेको हो । विराटनगर–३ का जीवन काफ्लेले पहिला शुल्क नलाग्ने गरेको भएपनि अहिले छ सय पाँच रुपैयाँ तिर्नुपरेको बताए । उनले भने, ‘संस्थानले नै पुराना पाइप फेरेको हो, तर हामीले छ सय पाँच रुपैयाँ बुझाउन पर्छ भनेको छ, पहिला त शुल्क लाग्दैन थियो ।’ खानेपानी संस्थानले अनावश्यक शुल्क लिएको ग्राहकको भनाइ छ ।

cura insider

उक्त विषयमा खानेपानी संस्थान शाखा कार्यालय विराटनगरका प्रमुख शैलेन्द्रकुमार साहले संस्थानको राजश्व लिने प्रक्रियाअनुसार शुल्क लिएको बताए । उक्त रकमवापतको बिल ग्राहककले पाउने भन्दै साहले भने, ‘यो मर्मत गर्न खटिने प्राविधिकहरुको शुल्क हो ।’

यसरी शुल्क लिने व्यवस्था पहिला नभएका कारण पनि उहाँहरुले यस्तो गुनासो गरेको हुन सक्ने साहले बताए । ‘संस्थानले पहिला मर्मत शुल्कको व्यवस्था गरेको थिएन,’ उनले भने, ‘मर्मतवापतको शुल्क लिने भनेर मुख्य कार्यालयले नै निर्णय गरेको हुनाले उहाँहरुलाई संस्थानकै आधिकारीक बिल दिएर शुल्क लिने काम गरिन्छ ।’

jackson ribon