birat ribon

बुवा र मामाकै योजनामा बालकको अपहरण

Neuro
बुवा र मामाकै योजनामा बालकको अपहरण

विराटनगर / धनुषाको नगइराइन नगरपालिका ६ जटहीका एक बालकको अपहरण आफ्नै बुवा र दुई जना मामाको योजनामा भएको खुलेको छ ।

अपहरणमा परेको सात घण्टा बित्न नपाउँदै ७ वर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । अपहरणको योजना बनाउने र अपहरणमा संलग्न रहने बालकका बुवा र दुई मामासहित तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

cura insider

शनिबार बिहान अपहरणमा परेका बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबार राति नै प्रहरीले उद्धार गरेको हो । प्रहरीका अनुसार चन्दन दास नाम गरेका बालक रमेश दासका छोरा हुन् । बालकलाई अपहरण गरिएपछि साँझ एक करोड फिरौती माग गरिएको थियो । ‘फिरौती माग गरिएपछि बच्चा अपहरणमा परेको जानकारीमा आयो,’ प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले भने, ‘लगत्तै खटिएको प्रहरी टोलीले बच्चालाई जनकपुरधामबाटै फेला पारेर उद्धार गरेको छ ।’

उनका अनुसार बालकलाई जनकपुरधामको माछा बजार नजिकै राखिएको अवस्थामा उद्धार गरिएको छ । अपहरणमा मामा लक्ष्मेश्वर दास र अर्का एक जना नाम नखुलेकासहित तीन जनाको संलग्नता देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले अपहरित बालकका पिता रमेशलाई पनि पक्राउ गरेको छ । घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

jackson ribon