birat ribon

रियलको कठिन जित, बार्सिलोनाभन्दा छ अङ्कले अगाडि

Neuro
रियलको कठिन जित, बार्सिलोनाभन्दा छ अङ्कले अगाडि

विराटनगर / स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडले कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले भाल्लाडोलिडमाथि १–० गोलको कठिन जित निकालेको हो ।

cura insider

भाल्लाडोलिडको मैदानमा रियललाई जिताउन क्यासेमिरोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६५औँ मिनेटमा उनले गोल गर्दै रियललाई जिताए ।

जितसँगै दोस्रो स्थानको रियलले २४ खेलमा ५२ अङ्क जोडेको छ । ऊ शीर्ष स्थानको एथ्लेटिको मड्रिडभन्दा तीन अङ्कले पछाडि छ भने तेस्रो स्थानको बार्सिलोनाभन्दा छ अङ्कले अगाडि छ ।

एथ्लेटिकोसँग ५५ अङ्क छ । उसले २३ खेल खेलेको छ । २२ खेलेको बार्सिलोनासँग ४६ अङ्क छ । पराजित भाल्लाडोलिड भने २१ अङ्कका १९औँ स्थानमा छ ।

jackson ribon