birat ribon

विश्वमा एकै दिन साढे तीन लाखभन्दा बढी सङ्क्रमित थपिए

Neuro
विश्वमा एकै दिन साढे तीन लाखभन्दा बढी सङ्क्रमित थपिए

विराटनगर / विश्वमा एकै दिन कोरोना भाइरसका साढे तीन लाखभन्दा बढी सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा तीन लाख ६१ हजार एक सय ८६ नयाँ सङ्क्रमित थपिएका हुन् । आइतबार बिहानसम्ममा विश्वमा सङ्क्रमित सङ्ख्या ११ करोड १६ लाख एक सय ४० पुगेको छ । एकै दिन आठ हजार दुई सय २८ सङ्क्रमितको मृत्यु भयो । कोरोनाका कारण विश्वमा अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या २४ लाख ७१ हजार दुई सय १८ पुगेको छ ।

cura insider

सङ्क्रमितमध्ये आठ करोड ६८ लाख १९ हजार चार सय ३६ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर घर फर्किएका छन् । दुई करोड २३ लाख नौ हजार चार सय ८६ जना सङ्क्रमितको उपचार जारी छ । उपचार गराइरहेकामध्ये ९४ हजार चार सय ४८ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ६२ हजार चार सय १० नयाँ बिरामी थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड ८६ लाख ७१ हजार नौ सय आठ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार सात सय ४२ जनाको मृत्यु भएपछि हालसम्म ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या पाँच लाख नौ हजार सात सय ११ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ८८ लाख ८३ हजार दुई सय ८२ जना उपचारपछि निको भएका छन् । ९२ लाख ७८ हजार नौ सय १५ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये १७ हजार छ सय २४ जनाको स्वास्थ्य अवस्था खराब छ ।

छिमेकी मुलुक भारतमा एकै दिन १४ हजार तीन सय १५ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड नौ लाख ९१ हजार ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा ९९ सङ्क्रमितको ज्यान गएसँगै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार तीन सय ३९ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड छ लाख ८७ हजार पाँच सय ३८ जना उपचारपछि निको भएका छन् । एक लाख ४७ हजार दुई सय १४ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । भारत कोरोनाका कारण प्रभावितमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन ५७ हजार चार सय ५५ जना नयाँ सङ्क्रमित थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या एक करोड एक लाख ३९ हजार एक सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार ५१ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या दुई लाख ४६ हजार छ पुगेको छ ।

सङ्क्रमितमध्ये ९० लाख ६७ हजार नौ सय ३९ जना उपचारपछि निको भएका छन् । आठ लाख २५ हजार दुई सय तीन जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

jackson ribon