birat ribon

‘वैद्य र डाक्टरले छाडे, अब झाँक्रीको साथमा प्रचण्ड’

Neuro
‘वैद्य र डाक्टरले छाडे, अब झाँक्रीको साथमा प्रचण्ड’

विराटनगर / डाक्टर र वैद्यले छाडेपछि प्रचण्ड झाँक्रीको साथमा पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । विराटनगरमा आयोजित सभामा उनले सुरुमा वैद्य र पछि डाक्टरले छाडेपछि प्रचण्ड झाँक्रीको साथमा पुगेको टिप्पणी गरेका हुन् । तर झाँक्रीले प्रचण्डलाई संरक्षण गर्न नसक्ने बताए ।

सिद्दिएका प्रचण्डलाई आफूले सिङ हाल्दिएको उनको तर्क थियो । आफूले लगाइदिएको सिङ बढेपछि सिध्याउन भन्दै लागेको बताए । प्रचण्ड खिहिने बाटोमा अघि बढेको बताए । ‘अझै पनि फर्कन चाहनुहुन्छ भने आउनुहोस्,’ उनले भने, ‘भिडबाट लड्नेलाई राम भन्न सकिन्छ, काँध हाल्न सकिन्न ।’

cura insider

‘प्रचण्ड जी को त मलाई माया लाग्छ, पहिले उहाँसँग बैद्य हुनुहुन्थ्यो,’ उनले भने ‘ उहाले छाड्नु भयो । त्यसपछि डाक्टर लिनु भो, डाक्टरले पनि छाड्नु भो, अहिले त झाँक्री लिनु भाको छ ।’ झाक्रीले अब बचाउन नसक्ने उनले बताए । प्रचण्डले राजनीतिले गलत बाटो छानेको उनले बताए ।

राजनीतिमा प्रचण्डले गलत बाटो छानेको बताउँदै ओलीले भने, ‘नेपाली जनताको चेतनालाई चुनौती दिनुभयो, विकासका बाटामा तगारो हाल्नु खोज्नुभयो । व्यवधान खडा गर्न खोज्नुभयो । त्यसैले अब उहाँले नेपालको राजनीतिमा सफलता पाउन सम्भव छैन ।’

jackson ribon