birat ribon

ताजा जनादेशबाट स्थायित्व : गृहमन्त्री थापा

Neuro
ताजा जनादेशबाट स्थायित्व : गृहमन्त्री थापा

विराटनगर / गृहमन्त्री रामबहादुर थापा बादलले जनताको ताजा जनादेश लिएर अस्थिरताई स्थायित्वमा बदल्न सकिने बताएका छन् ।

नेकपा ओली समूहद्वारा विराटनरमा शनिबार आयोजित सभामा बोल्दै थापाले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आन्दोलित हुनुपरेको बताए ।

cura insider

पार्टीको नेतृत्वलाई अलोकतान्त्रिक पद्धतिमा पदच्यूत गर्न खोजिएको बताउँदै उनले जनताको बीचमा जाने निर्णय लोकतान्त्रिक कदम भएको बताए ।

‘जनताको ताजा जनादेश लिने कुरो त्यो लोकतान्त्रिक कदम हो कि अग्रगामी कदम हो कि त्यो प्रतिगामी कदम हो ?’ उनले प्रश्न गरे, ‘झल्केलाबाट, षडयन्त्रकारी ढंगबाट सरकारको नेतृत्व हत्याउने, सरकारलाई अपदस्त गर्ने कदम अग्रगामी हो कि प्रतिगामी हो ?’

‘मार्गमा जुन अवरोध खडा भएको छ, त्यसका लागि जनताको बीचमा गएर जनताको ताजा जनादेश लिएर हामीले यो अवरोधलाई पन्छाउन सकिन्छ,’ थापाले भने, ‘षडयन्त्रबाट होइन, लोकतान्त्रिक विधिबाट, जनतालाई साथ लिएर मात्रै देशमा उत्पन्न समस्याको समाधान गर्न सकिन्छ ।’

थापाले संसद विघटनपछि देश अस्थिरतातर्फ धकेलिएको बताए । उनले गुटबन्दी र अवसरवादीका कारण अस्थिरताको अवस्था सिर्जना भएको बताए । अहिलेको अस्थिरतालाई जनतामाझ गएर निर्वाचन गरि स्थिरता तर्फ ल्याउनु पर्ने बताए ।

अवसरवादीले पार्टी फुट गराएको बताउँदै उनले जनताको बीचमा गएर आन्दोलनलाई एक ठाउँमा ल्याउन सकिने बताए ।

गृहमन्त्री बादलले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने केही दिनभित्र पक्राउ पर्ने बताएका छन् । हत्याराको नजिक प्रहरी पुगेकाले केही समयभित्र हत्यामा संलग्न पक्राउ पर्ने बताएका हुन् । अपराधीलाई सरकारले कानुनी दायरामा ल्याउने उनले बताए ।

jackson ribon