birat ribon

जनता निर्वाचन चाहन्छन् : नेम्वाङ

Neuro
जनता निर्वाचन चाहन्छन् : नेम्वाङ

विराटनगर / नेकपा ओली समूहका नेता सुवास नेम्वाङले जनताले निर्वाचन चाहेको बताएका छन् । विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले जनताले निर्वाचन चाहेको बताए । दुधको दुध, पानीको पानी छुट्याउन पनि निर्वाचन आवश्यक रहेको उनले बताए ।

देशव्यापी रुपमा जनता निर्वाचनमा लागेको बताउदै उनले सर्वाेच्च अदालतको फैसला पर्खिरहेका बताए ।

cura insider

प्रतिनिधिसभा विघटन गर्न पाइन्छ कि पाइन्न भन्ने कुरा उठाएकोे उल्लेख गर्दै उनले राष्ट्रपतिलाई विवादमा ल्याउन खोजिएको बताए ।

दुई तिहाइ बहुमतका प्रधानमन्त्रीले काम गर्न नपाएपछि भङ्ग गरेको बताए । प्रधानमन्त्रीले जनता गुहार्न जान पाउने लोकतान्त्रिक अधिकार राखिएको बताए ।

jackson ribon