विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगरमा आयोजना हुने सभामा आउने क्रममा विराटनगरमा सवारी चेकजाँचमा कडाइँ गरिएको छ ।

विराटनगर विमानस्थल जाने सवारीसाधनमा चेकजाँच गरिँदैछ । बजारभित्र पनि सतर्कता उच्च बनाइएको छ ।

विमानस्थल जाने सेवाग्राहीलाई रोकेर सोधपुछ गरेपछि मात्रै प्रवेश दिइएको छ ।






