birat ribon

सालिक

Neuro
सालिक
सागर तिमिल्सिना

एउटा तानाशाह
जसले ज्युँदैमा बनाएको थियो
– आफ्नै सालिक
पूर्णकदको ।
र, त्यसमा जडेको थियो–
कुटिल मुस्कान ।

तानाशाहको जय–जयकार थियो
चाकरी
चाप्लुसी
र, जतिबेला भक्तहरुको गुणगान हुन्थ्यो ।

cura insider

अहिले सालिकमा
तानाशाहको तेज देखिँदैन ।
त्यो हैकम
अहंकार
र, निरंकुशता पनि छैन ।

निरस
र, अनकन्टारमा
एउटा कमजोर जीजिविषा बोकेर
उभिएको सालिक
कुनै दम्भ छैन,
आक्रोश र, इतिहासको पश्चताप छैन ।
जसले शक्तिको उन्मादमा
स्वतन्त्रता खोसेको थियो
अरुको स्वाधिनता कुल्चेको थियो ।

एउटा समय थियो ।
जतिबेला सालिकमै निरंकुशता देखिन्थ्यो
र, बाटो हिँड्ने बटुवाहरु
झुकेर दण्डवत गर्थे ।

अब सालिक,
सालिकजस्तो देखिँदैन
न त त्यसमा निरंकुशता नै छ ।
जीर्णोद्दार नपाएर
भत्किँदै गएको आकार
बनावट
रुप
शायद मक्किएर ढलेपछि
अब फेरि त्यो कहिल्यै उठ्दैन ।

jackson ribon