birat ribon

केटु आरोहण गर्ने टोलीलाई विराटनगर महानगरको सम्मान

Neuro
केटु आरोहण गर्ने टोलीलाई विराटनगर महानगरको सम्मान

विराटनगर / हिउँदमा केटु हिमालको सफल आरोहण गर्ने टोलीलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ ।

Padelux insider
cura insider

हिउँदमा केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल नेपाली आरोहीलाई विराटनगरका मेयर भीम पराजुलीले खादा ओडाएर सम्मान गरेका हुन् ।

केटु हिमाल सफल आरोहण गरेका निर्मल पुर्जा, मिङमा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दाबा तेम्बा शेर्पा, मिङमाजी शेर्पा, दाबा तेन्जिङ शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पालाई मेयर पराजुलीले सम्मान गरे ।

विश्वकै सर्वोच्च सगरमाथा हिमालपछिको दोस्रो उच्च रहेको केटु हिमाल आठ हजार ६ सय ११ मिटर अग्लो छ । सो हिमाल पाकिस्तानमा पर्छ ।

दश नेपाली आरोहीहरूले माघ ३ गते केटु हिमालको सफल आरोहण गरेका थिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: