birat ribon

विश्वमा एकै दिन १० हजारभन्दा बढी सङ्क्रमितको मृत्यु

Neuro
विश्वमा एकै दिन १० हजारभन्दा बढी सङ्क्रमितको मृत्यु

विराटनगर / विश्वमा एकै दिन १० हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार चार सय ७९ जना सङ्क्रमितले ज्यान गुमाएका हुन् । हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २४ लाख ६२ हजार एक सय ७१ पुगेको छ । एकै दिन तीन लाख ८८ हजार एक सय ३८ सङ्क्रमित थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या ११ करोड १२ लाख १७ हजार तीन सय ७७ पुगेको छ ।

cura insider

कोरोना सङ्क्रमितमध्ये आठ करोड ६१ लाख १७ हजार चार सय ३८ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । अहिलेसम्म दुई करोड २६ लाख ३७ हजार सात सय ६८ जनाको उपचार भइरहेको छ । निको हुन बाँकी रहेकामध्ये ९५ हजार दुई सय २९ जनाको अवस्था चिन्ताजनक छ ।

अमेरिकामा एकै दिन दुई हजार एक सय ८१ सङ्क्रमितको मृत्यु भयो । हालसम्म अमेरिकामा ज्यान गुमाउने सङ्ख्या पाँच लाख सात हजार चार सय ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ७४ हजार दुई सय २३ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या दुई करोड ८५ लाख ९८ हजार नौ सय १५ पुगेको छ।

सङ्क्रमितमध्ये एक करोड ८७ लाख ८९ हजार तीन सय ४४ जना उपचारपछि निको भएका छन् । ९३ लाख दुई हजार ७२ जनाको उपचार जारी रहेकोमा १८ हजार १४ जनाको अवस्था गम्भीर छ । अमेरिका विश्वमै कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो ।

छिमेकी मुलुक भारतमा एकै दिन एक सय १४ जनाले ज्यान गुमाएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक लाख ५६ हजार दुई सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार एक सय ९९ नयाँ बिरामी थपिए । हालसम्म भारतमा सङ्क्रमित सङ्ख्या एक करोड नौ लाख ७६ हजार तीन सय ८८ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड छ लाख ७५ हजार चार सय ७८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । एक लाख ४४ हजार छ सय ७३ जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन एक हजार तीन सय ४५ सङ्क्रमितले ज्यान गुमाए । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या दुई लाख ४४ हजार नौ सय ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५१ हजार ६७ नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ८१ हजार छ सय ९३ पुगेको छ ।

सङ्क्रमितमध्ये ९० लाख २९ हजार एक सय ५९ जनाको उपचार सम्भव भएको छ । आठ लाख सात हजार पाँच सय ७९ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

jackson ribon