birat ribon

शनिबार विराटनगरमा नेकपा ओली समूहको जनसभा, यस्तो छ तयारी (फोटो फिचर)

Neuro
शनिबार विराटनगरमा  नेकपा ओली समूहको  जनसभा, यस्तो छ तयारी (फोटो फिचर)

विराटनगर । प्रतिनिधिसभा विघटनपछि निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा जनसभा गर्दैछन् ।

Padelux insider
cura insider

नेकपा पार्टी विभाजनपछि ओली समूहले पहिलो पटक विराटनगरमा जनसभा आयोजना गर्न लागेको हो ।

निर्वाचन तयारीका लागि भनिएको जनसभामा दुई लाख कार्यकर्ता विराटनगरमा उतार्ने ओली समूहको तयारी छ ।

जनसभाका लागि ओली समूहले विराट नर्सिङहोम अगाडी रहेको खाली जग्गामा मञ्च बनाएको छ । मञ्चको तयारी लगभग पुरा भएको आयोजक कमिटि नेकपा प्रदेश १ ले जनाएको छ ।

जनसभामा ओलीसँगै नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता सुवासचन्द्र नेम्बाङ, प्रदेश एकका मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

ओलीले सम्बोधन गर्ने भनिएको सभाका लागि स्टेज निर्माण गर्ने, साउण्ड सिस्टम व्यवस्थापन गर्ने, कार्यक्रम स्थललाई सिँगार्ने काम लगभग पुरा भएको नेकपाका नेता पर्शुराम बस्नेतले बताए ।

सभामा भीड हुने भएकाले ओलीसहित शीर्ष नेताहरुले गर्ने सम्बोधनलाई दुई ठाउँबाट स्क्रिनमार्फत देखाइने छ ।

जनसभाले प्रदेश एकको राजधानी विराटनगरको ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले सडकको विकल्पमा विराटनगर–२ स्थित विराट नर्सिङ्ग होम पूर्वतर्फ रहेको खाली जमिनमा सभा गर्न लागिएको नेकपाका नेता बस्नेतले बताएका छन् ।

नेकपा एक नम्बर प्रदेश कमिटीको आयोजनामा हुन लागेको विशाल जनसभाको अध्यक्षता पार्टीका प्रदेश अध्यक्ष देवराज घिमिरेले गर्नेछन् ।

प्रदेशस्तरीय सभालाई लक्षित गर्दै बिहीबार राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष मुकेश बुढाथोकीको संयोजकत्वमा विराटनगरमा भव्य मोटरसाइकल र्यालीसहित मार्चपास निकालिएको थियो ।

सभालाई सम्बोधन गर्न ओली आउने भएपछि विराटनगरको सुरक्षा व्यवस्था अघिल्लै दिनबाट कडा पारिएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले सभाको अघिल्लो दिन शुक्रबार बिहानैबाट सबै ठाउँको सुरक्षा अवस्था मजवुत बनाएर लगिएको जानकारी दिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: