birat ribon

राष्ट्रपतिद्वारा प्रदेश २ मा प्रदेश प्रमुख हेरफेर, परियारको स्थानमा झा

Neuro
राष्ट्रपतिद्वारा प्रदेश २ मा प्रदेश प्रमुख हेरफेर, परियारको स्थानमा झा

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन् ।

राष्ट्रपति भवनद्वारा आज जारी एक विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा परियारलाई पदमुक्त गरिएको जनाइएको छ ।

cura insider

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’बमोजिम प्रदेश नं २ का प्रदेश प्रमुख श्री तिलक परियारलाई पदमुक्त गर्नुभएको छ ।’

छुट्टै विज्ञप्तिमा सो स्थानमा रौतहटमा राजेश झा नियुक्त गरिएको पनि कार्यालयले जनाएको छ।

No description available.

jackson ribon